Comments Add Comment

म पनि संगीत क्षेत्रको सौखिन कलाकार हुँ : वामदेव

१० साउन, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले स्वरसम्राट नारायण गोपालका कालजयी सिर्जनालाई संरक्षण गर्न जरुरी रहेको बताएका छन् ।

महाराजगन्ज चोकमा पुनर्निर्माण गरिएको स्वरसम्राट नारायण गोपाल गुरुबाचार्यको सालिकको शनिबार अनावरण गर्दै गौतमले स्वरसम्राटको जीवन्त गीत-सङ्गीतको संरक्षण र प्रवर्द्धन गर्न सरकारले आवश्यक सहयोग गर्ने बताए । उपप्रधानमन्त्री गौतमले भने-‘संगीत क्षेत्रको सौखिन कलाकार हुँ म पनि, सायद राजनीतिमा नलागेको भए यो क्षेत्रमा धेरै अगाडि बढ्थेँ होला ।’ 

उपप्रधानमन्त्री गौतमले नारायण गोपाल सालिक संरक्षण उपसमिति र नारायण गोपाल संगीत कोषलाई नगद ५०/५० हजार व्यक्तिगत सहयोगको घोषणा गर्दै सरकारको तर्फबाट पनि कोषलाई वृद्धि गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।

एमाले महासचिव ईश्वर पोखरेलले मुलुक र समाजलाई एकताबद्ध बनाएर लैजाने साझा सूत्र कला र संस्कृति भएको बताए । उनले भने-‘राजनीतिले एकताबद्ध बनाउन सक्दैन पार्टी र विचार विभाजित हुन्छन् तर सङ्गीत यस्तो साझा सूत्र हो, त्यसले समाजलाई एकत्रित बनाएर लैजान सबैलाई प्रेरित गर्दछ ।’

नेपाली पहिलो नायिका भुवन चन्दले कला संस्कृतिको संरक्षण गरी देशको पहिचानलाई जोगाउन आम समुदाय लाग्नुपर्नेमा जोड दिइन् ।
वि.स.१९९६ मा काठमाडौमा जन्मनु भएका स्वरसम्राट नारायण गोपालको २०४७ सालमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment