Comments Add Comment

सुष्मा स्वराजले वामदेव गौतमलाई भेट्न मानिनन् !

१० साउन, काठमाडौं । उपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष वामदेव गौतम र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीचको भेट अन्तिम समयमा आएर हुन सकेन ।

नेपालको तीन दिने भ्रमणमा रहेकी स्वराजले गौतमलाई एमाले कार्यवाहक अध्यक्षको हैसियतमा अपराहृन ३ बजे भेट्ने कार्यक्रम तय भएको थियो । गौतमको निजी सचिवालयले फोटो सेसनका पत्रकारहरुलाई समेत बोलाएको थियो ।

तर, व्यस्थताको कारण देखाउँदै स्वराजले गौतमसँगको भेट स्थगित गरेको स्रोतले बताएको छ । गौतमको निजी सचिवालयले भने साँझसम्ममा भेट हुन सक्ने बताएको छ ।

भारतीय टोलीका सदस्य एवं विदेश मन्त्रालयका प्रवक्ता शैयद अकबरुद्दिनले पनि एमाले कार्यवाहक अध्यक्ष  गौतमसँग भेट्न विदेशमन्त्री स्वराज तयार रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment