Comments Add Comment

पशुपतिमा ब्राहृमणमाथि छानबिन गरिँदै

१० साउन, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिमा पूजाआजा गराउन माग गरेका ब्राहृमणको आवेदनमाथि छानबिन सुरु गरेको छ ।

पशुपतिमा पूजाआजा गराउनेहरु गैह्रब्राहृमण भएको गुनासो आएपछि उपाध्याय ब्राहृमणले मात्र पूजाआजालगायतका कर्मकाण्ड गराउन पाउने गरी आ-आफ्नो गाविसबाट उपाध्याय ब्राहृमण भएको सिफारिसहित निवेदन दिन दरखास्त माग गरिएको कोषका सदस्यसचिव डा गोविन्द टण्डनले जानकारी दिए । कोषले माग गरेबमोजिम ३३० जनाको निवेदन पशुपतिमा कर्मकाण्ड गराउन पाउँ भनी परेको छ । ती निवेदनमाथि छानबिन गरी छिट्टै निर्णय गरिने पनि उनले बताए ।

पशुपतिमा पूजाआजाका नाममा जथाभावी हुन थालेकाले व्यवस्थित गर्नुपरेको कोषले जनाएको छ । घरमा पूजाआजा गराउन ब्राहृमण खोज्नेले पशुपतिमा पूजाआजा गराउन ब्राहृमणको आवेदन माग गर्दा आपत्ति जनाउनु रहस्यको कुरा भएको उनले बताए ।

राज्य धर्म निरपेक्ष भएपनि व्यक्ति धर्म निरपेक्ष नभएकाले कोषले पूजाआजाका लागि उपाध्याय ब्राहृमणको माग कर्म गराउने भक्तजनको मागबमोजिम नै गरेकाले पनि यो कदम व्यक्तिको स्वतन्त्रताबमोजिम नै भएको ठहर कोषले गरेको छ ।

कोषले माग गरेको उपाध्याय ब्राहृमणको आवेदनका विषयमा बिहीबारको संसदमा समेत प्रश्न उठेपछि सदस्यसचिव टण्डनले धर्म निरपेक्षका नाममा व्यक्तिको धार्मिक स्वतन्त्रतामाथि रोक लगाउने खालका काम गर्ने भए पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोषजस्ता संस्था पनि विघटन गरिनुपर्ने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment