Comments Add Comment

भेरी नदीमा दुई बेपत्ता

११ साउन, जाजरकोट । नातिलाई बचाउन खोज्दा भेरी नदीमा बगेर नाति र बजै बेपत्ता भएका छन् ।
सीमा गाविस वडा नं ९ छेडाचौर निवासी सरिता नेपाली र उनका छ वर्षका नाति जयबहादुर नेपाली भेरी नदीमा बगेर बेपत्ता भएका हुन् ।
शनिबार साँझ ६ बजे नातिलाई लिएर भेरी नदीमा कपडा सफा गरिरहेको अवस्थामा नाति एक्कासि नदीमा बगेपछि नातिलाई जोगाउन खोज्दा बजै सरिता पनि सँगै बेपत्ता भएकी स्थानीय पूर्ण महतराले जानकारी दिए ।
उनीहरूको खोजी भइरहेको प्रहरीले बताएको छ । यो ठाउँमा पानीको समस्या हुँदा भेरी नदीमा कपडा सफा गर्नेदेखि पिउनका लागि समेत भेरीको दूषित पानी नै प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment