+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सर्वोच्चमा मात्रै १८ हजार मुद्दा फस्र्योट हुन बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १२ गते ६:४५

suprim-court१२ साउन, काठमाडौं । सर्वोच्च अदालतमा मुद्दाको संख्या १८ हजार नाघेका छन् । सर्वोच्चमा गत असारसम्म १८ हजार सात सय ५७ मुद्दा पुगेका हुन् । अघिल्लो वर्ष असारसम्म बाँकी मुद्दा १६ हजार चार सय ६६ मुद्दा थिए । आर्थिक वर्ष ०६९/७० मा १० वर्षयताकै कम मुद्दा फस्र्योट गरेको अदालतले आव ०७०/७१ फस्र्योटमा सामान्य सुधार गरे पनि मुद्दाको संख्या भने घटाउन सकेन ।
सर्वोच्च अदालतमा अघिल्लो वर्षको असारसम्म बाँकी रहेका १६ हजार चार सय ६६ मुद्दामा आब ०७०/७१ मा आठ हजार दुई सय १६ मुद्दा थपिएका थिए । थपिएकासहित २४ हजार ६ सय ८२ मुद्दामा पाँच हजार नौ सय २५ मात्र फस्र्योट भएका हुन् । जम्मा मुद्दाको अनुपातमा फस्र्योटदर २४ प्रतिशत मात्र रहेको नयाँ पत्रिकामा खबर छ ।
ऋाव ०६९/७० मा अदालतमा जिम्मेवारी सरेकासहित २० हजार आठसय २५ मुद्दामा चार हजार तीन सय ५९ मुद्दा मात्र फस्र्योट भएका थिए । जसअनुसार मुद्दा फस्र्योटदर २१ प्रतिशत मात्रै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?