Comments Add Comment

भारतीय नाकाबाट उपभोग्य बस्तु ल्याउन रोक नलगाइने

निमुसंगम घर्ती

१२ साउन, दाङ । दाङको भारतसँग सिमाना जोडिएका नाकाबासीहरुले भारतीय ज्यादती बढेको गुनासो गरेपछि समाधानका लागि नेपाल प्रहरी र भारतीय सिमा सुरक्षा बलवीच ३ बुँदे सहमति भएको छ ।

राजपुर-९ शिवमन्दिरमा नेपाली नाकावासी, नेपाल प्रहरी र भारतीय प्रहरीवीच भारतीय सिमा सुरक्षा वलले नेपालीहरुलाई उपभोग्य बस्तुहरु ल्याउन र आवतजावतमा अबरोध नगर्ने, नेपाल र भारतवीच कुनै रिसिवी नराख्ने र कुनै समस्या आए सहजरुपमा बसेर समाधान गर्ने सहमति भएको दाङमा प्रहरी प्रमुख एसपी शरदकुमार खत्रिले जानकारी दिए ।

नेपालका तर्फबाट सिमा प्रहरी चौकी भैसाहीका इन्चार्ज प्रहरी नायव निरीक्षक गंगाराम कोईरी र भारतीय प्रहरीको तर्फबाट एसएसवीका प्रहरी नायव निरीक्षक अरविन्दकुमार सिंह नेतृत्वको टोली र नाकाबासीवीच यस्तो सहमति भएको हो । यसअघि भारतीय एसएसवीका जवानहरुले नेपाली प्रहरी चौकी आएर हवल्दारसहित एक जवानलाई कुटपिट गरेसँगै नाकावासीलाई दुःख दिन थालेका थिए ।

नाका खेलकुद समाजका अध्यक्ष स्यामबहादुर झात्रीले विज्ञप्ती जारी गरी नेपालको सुरक्षा अबस्थालाई बलियो बनाउन आग्रह गरेका छन । दाङको भारतसँग जोडिएका करिब २ दर्जन नाका मध्य केही नाकामा मात्रै प्रहरी चौकी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment