+
+
Shares

अजयको ‘सिंघम’लाई अप्ठ्यारो, यसकारण नचल्न सक्छ फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १२ गते १५:०३

singam returns
बलिउडमा मसलेदार सिनेमा बनाउन माहिर मानिएका निर्देशक रोहित सेट्टी अगष्ट १५ मा ‘सिंघम रिटन्स’ मार्फत दर्शकमाँझ आउँदैछन् । चलचित्रमा अजय देवगन र करिना कपुर मुख्य भूमिकामा देखिएका छन् ।

यो चलचित्रले प्रदर्शनमा अवरोध व्यहोर्न पर्ने संकेत देखिएको छ । हिन्दु जनजागृती समितीले यो सिनेमा प्रदर्शनमा रोक लगाउन भारतको सेन्सर बोर्डलाई पत्र काटेको छ । चलचित्रमा साधुहरुलाई केही नकारात्मक तबरबाट देखाइएको छ ।

जसका कारण हिन्दु धर्म मान्नेहरुको भावनामा ठेस पुर्‍याएको तर्क समितीको छ । यदि यी सबै दृश्य नकाटिएको अवस्थामा सिनेमाको प्रदर्शन देशैभर ठप्प पार्ने उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?