१४ साउन, काठमाडौं । सिम्रिक एयरले नयाँ हेलिकप्टर खरिद गर्ने भएको छ । नजिकिँदै गरेको पर्यटकीय सिजनलाई मध्यनजर गर्दै कम्पनीले नयाँ हेलिकप्ट खरिद गर्न लागेको हो ।
हेलिकप्टर खरिदका लागि सिम्रिक एयर र फ्रान्सको एयरबस हेलिकप्टर्स कम्पनीबीच अमेरिकामा सोमबार सम्झौता भएको छ । सिम्रिकले एयरबसद्धारा निर्मित एएस-३५० बी मोडलको हेलिकप्टर खरिद गर्न लागेको हो । यो हेलिकप्टरको मूल्य करिव २५ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
आगामी पर्यटकीय सिजनमा नयाँ हेलिकप्टर काठमाडौंमा अवतरण गराउने सिम्रिक एयरले लक्ष्य राखेको छ । नयाँ हेलिकप्टर आएपछि सिम्रिकको बजार विस्तारमा सहयोग पुग्नुका साथै सञ्चालन क्षमतासमेत अभिृवृद्धि हुने अपेक्षा राखिएको छ ।
सिम्रिक एयरका हाल २ वटा एएस-३५० बी थ्री ई हेलिकप्टर सञ्चालनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4