Comments Add Comment

विजुली नआएपछि कार्यालयमा तालाबन्दी

१५ साउन, काठमाडौं । ६ दिनदेखि विजुली नआएपछि पोखराको पृथ्वीचोकका स्थानीयबासीले विद्युत प्राधिकरण पोखराको कार्यालयमा १ घण्टा तालाबन्दी गरेका छन् ।

शनिवार राति विग्रिएको ट्रान्सफर्मर नबन्दा पृथ्वीचोक, नागढुङ्गा र एयरपोर्टबासी अन्धकारमा बस्न बाध्य भएका छन् । नेपाल विद्युत प्राधिकरणले विग्रेको ट्रान्सफर्मर बनाउन पठाएको र जर्गेडा ट्रान्सफर्मर नहुँदा विद्युत सेवा चाँडो दिन नसकेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment