Comments Add Comment

कालो पहिरनकी महिलाले अमेरिकामा हल्लीखल्ली, आखिर को हुन् पैदलै घुमिरहेकी रहस्यमय महिला ?(भिडियो सहित)

अहिले अमेरिकामा एक रहस्यमयी महिला चर्चामा छिन् । कालो च्यादर तथा कालै पहिरनले जिउ ढाकेकी यी महिला  पैदलै घुमिरहेकी छिन् । उनले कालो झोला बोकेकी छिन् र लठ्ठी पनि समाएकी छिन् ।
कतिपय स्थानीय मानिसहरुले यिनलाई ‘भुतेनी’ भन्ने गरेका छन् भने कतिले उनलाई पैगम्बर । यी महिलाको खास पहिचान जे होला तर यिनले अहिले पूरै अमेरिकीलाई त्रस्त बनाएकी छिन् ।

women1
सामाजिक संजालमा वुमन इन ब्लाक शीर्षकमा यी महिलाको चर्चा भइरहेको छ र उनलाई सोसल मिडियामा पछ्याउनेको संख्या पनि थुप्रै छ ।
मानिसहरुमा यी महिलाप्रतिको चाख कति धेरै छ भन्ने कुरा यस कुराले पनि पुष्टि गर्छ की उनीसँग सम्बन्धित फेसबुक पेज पछ्याउने ६० हजार पुगिसके ।
यी महिलाले अहिलेसम्म अमेरिकामा १ हजार माइलको दूरी पैदलै हिडिसकेकी छिन् ।
आखिर उनी खास को हुन् र किन अलाबामा देखि भर्जिनिया सम्म पैदलै घुमिरहेकी छिन् ?

women2
ती महिलालाई अमेरिकी संचार माध्यम तथा प्रहरीले समेत निगरानी गरिरहेका छन् । उनलाई कतिले इस्लामिक देशकी सुराकी समेत भने र कतिले अमेरिकी गुप्तचर भने । कतिले कालो पहिरनमा आएकी स्वर्गकी परी समेत भने ।
तर अन्ततः ती महिलाको पहिचान खुलेको छ । समाचार अनुसार ती महिला भूतपूर्व अमेरिकी सैनिक एलिजाबेथ पोल्स हुन् । ५६ वर्षकी पोल्स अलाबामाकी बासिन्दा हुन् । आफ्ना श्रीमान र बुवा दुबैको लगालग मृत्यु भएपछि विक्षिप्त भएकी एलिजाबेथको मानसिक अवस्था असन्तुलन भएकाले उनी यसरी भौतारिएकी हुन् । उनको सैनिक अस्पतालमा मानसिक उपचार समेत भएको थियो । त्यसपछि भाइले उनलाई आफ्नो घरमा लगेर राखे तर उनको अवस्था झनै बिगि्रयो र उनी घर नै छाडेर यसरी भौँतारिएको हिँडेको बताइन्छ । उनका दुइ सन्तान समेत छन् ।

भिडियो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment