Comments Add Comment

कोशी ब्यारेजको ५६ बटा ढोका खोलियो

१७ साउन, काठमाडौं । सप्तकोशी ब्यारेजको ५६ बटा ढोका खोलिएको छ । पहिरोले थुनिएको सुनकोशी नदीमा पानीको बहाब सुरु भएपछि ब्यारेजको ढोका खोलिएको हो ।

थुनिएको पानी आउँदा हुन सक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै सरकारले ब्यारेजको सबै ढोका खोल्न आग्रह गरेको थियो ।

सुनसरी र सप्तरी को सीमाको महेन्द्र राजमार्गमा रहेको सप्तकोशी ब्यारेज भारतीय पक्षको नियन्त्रणमा सञ्चालन हुँदै आएको छ ।

हामी सतर्क छौं

सुनकोसी नदीमा थुनिएको पानी ठूलो परिमाणमा एक्कासि सप्तकोसीमा मिसिएमा हुन सक्ने क्षति सम्बन्धमा भारत विहारका कोसी योजनाका चिफ इन्जिनियर राजेशकुमारले आफूहरु पूर्णरुपले सतर्क रहेको बताएका छन् ।

थुनिएको पानी एक्कासि सप्तकोसीमा मिसिएपछि कोसी व्यारेजसम्म्ा पुग्नमा कम्तीमा १० घण्टा लाग्ने र उक्त अवधिमा सुरक्षित ढङ्गले पानीको निकास गराइदिने उनले बताए ।

यस कार्यका लागि आवश्यक प्रबन्ध मिलाउनुका साथै विभिन्न ठाउँमा प्राविधिक खटाइसकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment