Comments Add Comment

फोनबाट केटी जिस्क्याउनेलाई १५ हजार जरिवाना

१७ साउन, जाजरकोट । फोनमार्फत केटी जिस्क्याएको आरोपमा पक्राउ परेका जाजरकोट अर्छानीका तीन जना युवालाई १५ हजार जरिवाना गरिएको छ ।

खलङ्गा गाविस वडा नं ६ रिसागकी १६ वर्षीया सुशीला थापालाई फोनमार्फत पटकपटक जिस्क्याएपछि अछानी गाविस वडा नं ५ का नवराज शाही, केशव बस्नेत र नायकवाडा-६ का रवीन्द्र शाहलाई प्रहरीले रु १५ हजार जरिवाना गरेको हो ।

सुशीलाको भतिज नाता पर्ने लक्ष्मण विसीको मोबाइलमा फोन गर्छु भनी यी तीन जनाले सुशीलाको फोन नम्बरमा पटकपटक फोन गरी जिस्क्याएको प्रहरीले बताएको छ । सुशीलाले मलाई तपाइर्ंहरु जथाभावी नबोल्नुहोस् प्रहरीलाई खबर गरिदिन्छु भन्दा, प्रहरी भनेका को हुन् र भनेर धम्क्याएका थिए ।

जिल्ला प्रहरी कार्यालयमा सुशीलाले उजुरी गरेका आधारमा तीनै जनालाई पक्रेर सोधपुछ गर्दा उनीहरुले जिस्क्याएको प्रहरी समक्ष स्वीकार गरेका थिए । जथाभावी केटीलाई जिस्क्याउनुका साथै गाली बेइज्जती गरेको भन्दै प्रहरीले तीनै जनाबाट १५ हजार जरिवाना गरेको हो ।

तीनै जना केटाले अबदेखि केटीलाई त्यस्तो व्यवहार नगर्ने भनि जिल्ला प्रहरी कार्यालयमा कागज गरेका छन् । ती तीनै जना एसएलसीको आंशिक परीक्षार्थी हुन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment