Comments Add Comment

सप्तकोशी छेऊछाऊ २ दिन गाउँ छाड्न माइकिङ

१७ साउन, बिराटनगर । पहिरोका कारण थुनिएको सुनकोशी नदीका कारण सुनसरीका विभिन्न गाविसका ११ सय घरपरिवार उच्च जोखिममा रहेको सुनसरी प्रशासनले जनाएको छ ।

थुनिएको नदी फुटेर पानीको बहाव उच्च भएको अवस्थामा सप्तकोशी नदी पूर्वका बराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुर, हरिपुर, श्रीपुर गाविसका विभिन्न वडाका ११ सय परिवार उच्च जोखिममा रहेको स्थानीय प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी सुर्दशन ढकालका अनुसार सबैभन्दा बढी प्रकाशपुर र महेन्द्रनगरका ५ वटा वडाहरु उच्च जोखिममा परेका छन् ।

गाउँ छाड्न माइकिङ

प्रजिअसहित सुरक्षा निकायको टोलीले शनिबार कोशी ब्यारेजदेखि उत्तरका गाविसहरुको स्थलगत अनुगमन गरेको छ । उच्च जोखिममा रहेका क्षेत्रका स्थानीयवासीलाई दुई दिनका लागि सुरक्षित स्थलतर्फ लाग्नसमेत प्रशासनले माइकिङ गरी जानकारी गराएको छ ।

जोखिम रहेका क्षेत्रका स्थानीयवासीलाई तत्काल राहतका लागि स्थानीय दैवीप्रकोप उद्धार समितिलाई आवश्यक तयारी अवस्थामा राखिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment