Comments Add Comment

मोदीले भने-जीतबहादुरका खुट्टामा ६ वटा औंला छन्

१७ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली सहयोगी जीतबहादुरलाई उनको आमाबाबुको जिम्मा लगाउने भएका छन् । नेपाल भ्रमणमा आउने अघिल्लो दिन मोदीले टि्वट गरेका छन्-म खुसी छु कि भोलि म स्वयंम उनीहरुलाई उनको छोरा दिँदैछु ।’

modi_470X300केही समय पहिले आफू जीतबहादुरका आमाबाबु खोज्न सफल भएको भन्दै उनले लेखेका छन्-‘यो पनि रोचक थियो कि यो यसकारण सम्भव भयो, किनकि उनका खुट्टामा छवटा औंला छन् ।’

ईश्वरको प्रेरणाले आफूले जीतबहादुरको जीवनको चिन्ता गर्न सुरु गरेको भन्दै मोदीले सुरुमा अञ्जान रहेका जीतबहादुरले विस्तारै पढाइ र खेलकुदमा रुची जागेको र गुजराती बोल्न थालेको बताए ।

मोदीले आफ्नो नेपाल भ्रमण केही व्यक्तिगत भावनासँग समेत जोडिएको बताएका छन् । उनले भनेका छन्-‘धेरै वर्ष पहिले एक सानो बालक जीतबहादुरलाई असहायः अवस्थामा मैले पाएँ ।’

साउनको सोमबार पशुपतिनाथको दर्शन गर्ने सौभाग्य पाउने भएकाले पनि आफ्नो भ्रमण महत्वपूर्ण भएको मोदीले बताएका छन् । उनले आफ्नो भ्रमणका क्रममा नेपाली नेता र सभासदसँग नेपाल-भारत सम्वन्धलाई उचाइमा पुर्‍याउन उपयोगी छलफल हुने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment