+
+
Shares

चोक-चोकमा हिँड्दै सर्वसाधारणसँग हात मिलाए मोदीले (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १८ गते २३:३४

modi-walking-in-street-2१८ साउन, काठमाण्डौ । मान्छेको मन जित्न के गर्नुपर्छ ? सायद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यसबारे कसैले सिकाउनु नपर्ला ।

आफ्नो दुई दिने नेपाल भ्रमणको पहिलो दिन उनले नेपाली सर्वसाधारणको मन जित्न नयाँ-नयाँ शैली प्रयोग गरे । नेपाल सरकारले मोदी आउने बाटो रातारात सफा पारेको थियो, तर मोदी गाडीबाट ओर्लिएर खाल्डो भएका ठाउँमा पुगे ।

सिंहदरबारमा प्रधानमन्त्री सुशील कोइरालासँग सम्झौतामा हस्ताक्षर गरी संसदलाई सम्बोधन गर्न नयाँ बानेश्वर जाने क्रममा उनले नयाँ बानेश्वर चोकमा गाडीबाट ओर्लेर सडकछेऊ लामवद्ध सर्वसाधारणसँग हात मिलाएका थिए । त्यहाँ उनले करिव दुई मिनेट पैदल हिँडेर मुस्कुराउँदै, हात मिलाउँदै अघि बढे ।

मोदीले सडकमा सर्वसाधारणसँग हात मिलाइरहेको बेला उता सभामुख सुवाषचन्द्र नेम्वाङ पानी भिज्दै मोदीको स्वागतका लागि उभिइरहेका थिए ।

modi-in-sadan-ktm 2
नयाँ बानेश्वरमा सर्वसाधारणसँग हात मिलाउँदै मोदी । तस्वीरः भारतीय बिदेश मन्त्रालय

यो क्रम यतिमै रोकिएन । संसदमा सबै सभासद्लाई मन्त्रमुग्ध पार्ने भाषण गरेपछि हायात होटल फर्किनेक्रममा  गौशला, मित्रपार्क र चावहिल चोकमा फेरि उनको सवारी रोकियो ।

त्यहाँ पनि उनले उही पुरानै शैलीमा हात हल्लाए, नजिक गएर सर्वसाधारणसँग हात मिलाए । करिव दुई मिनेट सडकमा बिताएपछि मोदी बौद्धमा रहेको होटलतर्फ अघि बढे ।

modi-walking-in-street-3

नेपाली सेनाका अवकाशप्राप्त सहायकरथी केशरबहादुर भण्डारी भने भीभीआईपीहरुका यस्ता हर्कत नियोजित र योजनावद्ध हुने बताउँछन् । केही वर्ष पहिले बेलायती प्रधानमन्त्री भारत भ्रमणममा पुगेका बेला सडकछेऊमा रहेको छाप्रोमा रोकिएर पावभाजी खाएको दृष्टान्त पेश गर्दै उनले भने-‘बाहिर हेर्दा उनीहरुको चाहानामा अचानक भएजस्तो देखिएपछि हप्तौंदेखि यसको योजना बनाइएको हुन्छ ।’

modi-walking-in-street-1
चावहिल चोकमा स्थानीयलार्इ अभिनन्दन गर्दै मोदी

Modi-in-sadak-ktm-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?