Comments Add Comment

केपी ओलीले मोदीसँग हात मिलाउन सकेनन् (भिडियो)

kp-oli-and-modi१८ साउन, काठमाण्डौ । व्यवस्थापिका सांसदमा ४५ मिनेटसम्म सम्बोधन गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हात मिलाउन अघि सर्दा एमाले नेता केपी ओलीले आफ्नो हात लुकाउन खोजे ।

मोदीसँग हात मिलाउन मन नलागेर ओलीले हात लुकाउन खोजेको भने होइन । बिरामी परेका कारण हात सुन्निएकाले ओलीले मोदीसँग हात मिलाउन नसकेका हुन् ।

व्यवस्थापिका संसदको अघिल्लो आशनमा रहेका ठूला दलका सबै शीर्ष नेतासँग मोदीले हात मिलाए । त्यसपछि सुरक्षा कर्मीले उनलाई बाहिर जाने बाटो देखाए पनि उनी फर्किएर सभासदहरु बसेको पछिल्लो सीटतर्फ अघि बढेर अन्य साना दलका साभासदसँग पनि हात मिलाउनतिर लागे ।
हात मिलाउने क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले मोदीलाई केही भन्न खोजिरहेको दृश्य देखिन्थ्यो । तर, मोदीले थापालाई समय दिन रुची नदेखाए अरु नेतातिर अघि बढे ।

आफूलाई अशोक सम्राटसँग तुलना गरेकोमा मख्ख परेको प्रचण्डले मोदीको हात झड्कार्दै दुईतीनपटक टाउको हल्लाएर आफू प्रभावित भएको संकेत गरे ।

थापाको विद्रोह असफल

नेपाल भ्रमणमा आएका मोदीसँग कांग्रेस, एमाले र एमाओवादी लगायतका दलका नेताहरुले छुट्टा छुट्टै भेट्ने कार्यक्रम तय भएको छ । तर, संविधानसभाको चौथो दल राप्रपा नेपाललाई भने मोदीसँग भेट्ने सूचीमा राखिएको छैन । प्रमुख तीन दलले सिन्डिकेट लगाएको भन्दै रिसाएका कमल थापाले आइतबार व्यवस्थापिका संसदमै सभामुखसँग समय मागेर मोदीको स्वागत गर्ने प्रयास गरेका थिए ।

कतिपयको अपेक्षा के थियो भने कमल थापाले व्यवस्थापिका संसदमै उठेर केही बोल्ने प्रयास गर्नेछन् । तर, उनले गर्न खाजेको यो विद्रोह सफल भएन ।

राजनीतिमै झड्का

कमल थापासँग भेट नगरेर मात्रै होइन, नेपाल संघीय गणतन्त्रमा प्रवेश गरेकोमा समेत प्रतिवद्धता जनाएर मोदीले कमल थापालाई झड्का दिएका छन् ।
भारतमा हिन्दुवादी नेता नरेन्द्र मोदी सत्तामा आएपछि नेपालमा राजतन्त्र फर्काउन मद्दत गर्लान् भन्ने ठानेका कमल थापालाई मोदीले समेत सिन्डिकेट लगाइदिएका छन् । आफ्नो ठानिएका मोदीले कमल थापालाई नभेटी र्फकने भएपछि नेपालको संघीय गण्तन्त्रलाई हेर्ने भारत पुरानो नीति नफेरिनेमा कमल थापा पनि शायद प्रष्ट भएका छन् ।

हेर्नुहोस् मोदी सम्बोधनको पूर्ण भिडियो । अोलीले हात मिलाउन नसकेको दृष्यका लागि अन्तिम मिनेटतिर हेर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment