+
+
Shares

मोदीसँग हात मिलाउन दिएनन् नेपाली सुरक्षाकर्मीले (फोटो फिचरसहित)

१९ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सार्वसाधारणसँग हात मिलाउन सुरक्षाकर्मीहरुले रोकेका छन् ।

सोमबार विहान पशुपतिनाथ मन्दिरको पूजाअर्चनापछि फर्कने क्रममा मोदीले अघिल्लो दिन झैं गाडीबाट ओर्लिएर सार्वसधारणलाई अभिवादन गरे । मन्दिरको मूल गेटबाट गाडी चढेर हिडेका मोदी पश्चिम गेटको केही अगाडि आइपुगेपछि ओर्लिए ।

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १९ गते १७:४९

Modi with public

शब्द/तस्वीरः श्रीधर पौडेल

१९ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सार्वसाधारणसँग हात मिलाउन सुरक्षाकर्मीहरुले रोकेका छन् ।

सोमबार विहान पशुपतिनाथ मन्दिरको पूजाअर्चनापछि फर्कने क्रममा मोदीले अघिल्लो दिन झैं गाडीबाट ओर्लिएर सार्वसधारणलाई अभिवादन गरे । मन्दिरको मूल गेटबाट गाडी चढेर हिडेका मोदी पश्चिम गेटको केही अगाडि आइपुगेपछि ओर्लिए ।

चारैतिर हेर्दै हात हल्लाए । देब्रेतर्फ सुरक्षाकर्मीले सार्वसाधारणलाई रोकेर रोखेका थिए । तर, पब्लिक डिप्लेमेसी सुधारमा लागेका मोदी सार्वसाधारण भएतिर अघि बढे ।

यो पनि पढ्नुस् : मोदीको ‘पब्लिक डिप्लोमेसी’

मोदीले आइतबार वानेश्वर, गौशला, चावहिलको सडकमा हिडेर सार्वसाधारणसँग हात मिलाएका थिए । तर, सुरक्षाका लागि हम्मेहम्मे परेपछि सोमबार भने नेपाली सुरक्षाकर्मीहरुले हात मिलाउन रोकेका छन् ।

Modi met public in ktm  (2)

आइतबार मोदी वानेश्वर चोकमा एक्कासी गाडीबाट झर्दा आफूहरु निकै कम संख्यामा रहेको र सुरक्षाका लागि निकै मुस्किल भएको एक अधिकारीले बताए ।

सोमबार पशुपति मन्दिर परिसरमा सुरक्षाकर्मीहरुले लठ्ठीको बार लगाएर सार्वसाधारणलाई अघि बढ्न नदिएपछि भारतीय प्रधानमन्त्री मोदी हात हल्लाउँदै गाडि चढेका थिए ।

मोदीको सुरक्षामा खटिएका भारतीय सुरक्षाकर्मीहरुले मोदी र सार्वसाधारणबीच भेट होस् भन्ने मनसाय देखाउँदै कडाइ गरेका थिएनन् । तर, नेपाली सुरक्षाकर्मीहरुले भने पत्रकारहरुलाई समेत सहज पहुँच दिएका थिएनन् ।

Modi met public in ktm  (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?