Comments Add Comment

मोदीलाई प्रचण्डको प्रश्न- तपाईको संरचनाले सहयोग त गर्ला ?

Prachanda-with-modi

१९ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ अत्यन्तै सकारात्मक रहे पनि भारतीय संरचनाप्रति आशंका प्रकट गरेका छन् ।

सोमबार मोदीसँगको भेटमा प्रचण्डले प्रश्न गरे-‘नेपालको संविधान निर्माणमा सकारात्मक भूमिका खेल्नुभयो, तर तपाईको अहिलेको संरचनाले सहयोग त गर्छ ?’

सोमबार अपरान्ह हायात होटलमा भएको भेटमा एमाओवादी अध्यक्ष प्रचण्डले मोदीको नेपाल भ्रमण ऐतिहासिक भएको बताउँदै उनले नेपालीको मन र मष्तिष्क दुबै जितेको बताएका थिए ।

संसदको भाषणमा आफूलाई अशोक सम्राटको भूमिकासँग तुलना गरेको स्मरण गर्दै प्रचण्डले मोदीलाई भने- ‘नेपालको शान्ति प्रक्रियालाई यति गहिरो र गम्भीरतासँग बुझिदिनुभएकोमा यहाँलाई धन्यवाद छ ।’

भारतबाट नेपालका सम्बन्धमा हुँदै आएको गैर राजनीतिक भूमिकाबाट आक्रान्त भइरहेका बेला मोदीको पहलले नेपाल भारत सम्बन्धलाई राजनीतिक स्तरमा वृद्धि गर्ने सम्भावना बढेको प्रचण्डले मोदीलाई बताए । त्यसैगरी प्रचण्डले हुलाकी राजमार्ग, मध्य पहाडी लोकमार्ग र जलविद्युत विकासमा भारतीय सहयोग हुनुपर्ने भन्दै कालापानी र सुस्ताको सीमा समस्याका विषयमा पनि कुरा उठाएको प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिए ।

मोदीले भने-तपाईले उदाहरणीय काम गर्नुभएको छ

भेटका क्रममा भारतीय प्रधानमन्त्री मोदीले प्रचण्डलाई तपाईले गरेको काम सामान्य नभएर उदाहरणीय भएको भन्दै प्रशंसा गरेका थिए । संविधान निर्माण प्रक्रिया र नेपालको आर्थिक विकासमा सकारात्मक सहयोग गर्ने मोदीले प्रचण्डलाई बताएका थिए । नेपाल भारत सम्बन्धलाई नयाँ ढंगबाट अघि बढाउने प्रचण्डलाई मोदीले विश्वास दिलाएको स्रोतले बतायो ।

भेटमा प्रचण्डका साथै डा. बाबुारम भट्टराई, नारयणकाजी श्रेष्ठ र कृष्णबहादुर महराको उपस्थिति थियो । मोदीलाई भेटेर फर्केपछि एमाओवादी नेताहरु स्थायी कमिटीको बैठकमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment