Comments Add Comment

विषालु सर्पले टोकेर बोलबम यात्रीको मृत्यु

१९ साउन, रौतहट । महादेवस्थानमा चढाउन भनी रौतहटको पौराइस्थित बाग्मती नदीमा जल लिन काँवर बोकेर आएका एक बोलबम भक्तको विषालु सर्पले टोकेर मृत्यु भएको छ ।

बाराको पटेर्वा गाविस-७ का ५५ वर्षीय वैद्यनाथ महतोलाई विषालु सर्पले टोकेपछि जिल्ला अस्पताल गौर लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको हो । उपचारमा संलग्न डा. रञ्जित यादवका अनुसार सुतिरहेको अवस्थामा बिहान २ बजेतिर विषालु सर्पले महतोको कानमा टोकेको थियो ।

रौतहटको माधोपुर गाविसस्थित उच्च माविको प्रागङ्णमा बास बसेका महतोलाई सर्पले टोकेको हो ।

यसैबीच, एक नाबालिकालाई बलात्कार गरी फरार रहेका एक व्यक्तिलाई जिप्रका रौतहटले आइतबार पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

गम्हरिया बिर्ता गाविस सिरिपुर टोलमा रहेको आफन्तको घरमा लुकिबसेको अवस्थामा आरोपित प्रेमपुर गोनाही गाविस-८ उचिडिह टोलका ५५ वर्षीय रफिद अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

अन्सारीले गत साउन ९ गते उचिडिह गाउँछेउमा रहेको सिसौघारीमा काम गरिरहेकी १३ वषर्ीया एक बालिकालाई बलात्कार गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment