Comments Add Comment

भारतसँग सहकार्य गरी अघि बढ्न अर्थविद्हरुको सुझाव

१९ साउन काठमाडौ । ऊर्जा विकासबाट मात्रै मुलुकको आर्थिक समृद्धि हुने भन्दै अर्थविद् तथा उद्यमीहरुले भारतसँगको सहकार्य गरी अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि भारतसँगको सम्बन्धका बारेमा सोमवार मिडिया इन्टरनेशनलले राजधानीमा गरेको अन्तरक्रियामा बोल्दै वक्ताहरुले भारतसँगको सहकार्य र ऊर्जा विकासबाट मात्रै मुलुकको विकास सम्भव भएको बताए ।

प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार तथा अर्थविद् डा.चिरञ्जीवी नेपालले ऊर्जा विकास गरी मुलुकलाई आर्थिक समृद्धि तर्फ लैजान नसकिए नयाँ पुस्ताले धिक्कार्ने बताए । ऊर्जा खपत गर्नमा भारत तयार भएकोले विजुली उत्पादन गर्नेतर्फ लाग्नुपर्ने अर्थविद् नेपालको भनाइ थियो ।

भारतीय प्रधानमन्त्री मोदीले एक खर्बको सफ्ट लोन दिने र ऊर्जाको लागि ऊर्जाको लागि सहकार्य गर्न गरेको प्रस्तावले नै मुलुकको लगानीको खाँचो नहुने नेपालले बताए । ‘मोदी भ्रमणपछि पनि नेपाललाई पुरानै दृष्टिकोणले हेर्न हुँदैन’ उनले भने ।

त्यसैगरी पूर्वप्रशाशक कृष्णहरि बास्कोटाले पनि ऊर्जा विकासले मात्रै मुलुक समृद्ध हुने बताए । नेपाललाई उद्योगगीकरणतर्फ लैजाने हो भने भारतीय कम्पनीहरुलाई नेपाल भित्र्याउनै पर्नेमा जोड दिए ।

भारतीय प्रधानमन्त्री मोदीले पनि नेपालको धार्मिक पर्यटनमा जोड दिएकोले एक सय २५ करोड भारतीय नागरिक मध्ये ८ प्रतिशत मध्यमस्तरका भएकाले उनीहरुलाई नेपालको धार्मिक पर्यटन तर्फ आकर्षण गर्न सक्नु पर्ने उल्लेख गरे । धार्मिक पर्यटकलाई वेवास्ता गर्नु तथा गोरो छाला भएकोलाई मात्रै पर्यटक देख्नु नै हाम्रो कमजोरी भएको बस्कोटाले बताए ।

यसैगरि महिला उद्यमी तथा सभासद् छाँया शर्माले सकारात्मक सोंचका साथ अगाडी बढेमा मात्रै मुलुक समृद्ध हुने बताइन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई मोदीले आफ्नो भाषणामा बारम्बार जोडदिनु सकारात्मक भएको उद्यमी शर्माले बताईन् । शस्त्र छाडेर शास्त्रका अनुसार संविधान लेख्नको लागि भारतीय प्रधानमन्त्रीले आफूहरुलाई प्रेरणा दिएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment