Comments Add Comment

संखुवासभाको पहिरोस्थलमा स्थानीय विकास मन्त्री सिंह

ध्यान कुलुङ

१९ साउन, संखुवासभा । सोमबार विहान झरेको पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिको अवलोकन गर्न स्थानीय विकास मन्त्री प्रकाशमान सिंह हेलिकोप्टरबाट संखुवासभाको स्याबुन- ३ फच्याङ पुगेका छन् । मन्त्री सिंह संखुवासभाका सभासदहरु तारामान गुरुङ र दीपक खड्कासहित पहिरोस्थलमा पुगेका हुन् । घटनास्थलको अवलोकन गरेपछि मन्त्री सिंहले पीडित परिवारलाई राहतका कुनै कसुर बाँकी नराख्ने बताए ।

घटनास्थलमै संखुवासभा क्षेत्र नं.२ का सभासद दीपक खड्काले मन्त्री सिंहसँग पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन आग्रह गरे । सोमबारै सदरमुकाम खाँदवारीबाट प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको टोलीले प्रति मृतक ४० हजार रुपैयाँ राहत मृतक परिवारलाई दिएको छ । त्यसैगरी घरमा क्षति पुगेकालाई प्रति घर ५ हजार रुपैयाँ राहत उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी नन्दकेशर त्रिपाठीले बताए । पहिरोमा परेर १० जना पुरिएकोमा ५ जनाको शव फेला परिसकेको छ ।

पहिरोे कोइराला परिवारका ३ घर पुरेको थियो । घटनास्थलमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धारकार्य जारी राखेका छन् । मृतअवस्थामा भेटिएकामा ७२ वर्षीय कृतिमान कोइराला, उनकी ५५ वर्षीय पत्नी देवीमाया र १४ वर्षीया छोरी तुलसा कोईराला रहेका छन् । त्यसैगरी ६३ वर्षीय मेहरमान कोइराला र १० वर्षीय प्रज्वल कोईरालाको पनि शव भेटिइसकेको छ ।

पहिरोमा पुरिएकामा मृतक मेहरमानकी पत्नी कुमारी कोइराला, पुर्णकला कोइराला र उनकी पत्नी, सम्झना, छोरा रोशन र पुर्णका बुबा इन्द्रबहादुर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment