Comments Add Comment

मोरङमा इन्सेफ्लाइटिसबाट एकको मृत्यु

२० साउन, विराटनगर । मोरङको शनिश्चरेमा जापनिज इन्सेफ्लाइटिसबाट एक युवकको मृत्यु भएको छ । अर्का एक युवक गम्भीर बिरामी परेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका अनुसार यसरी मृत्यु हुनेमा मोरङ शनिश्चरे-१ का २२ वर्षीय ङफारा लिम्बू रहेका छन् । उनको विराटनगर अस्पतालमा उपचार हुँदा हुँदै गएराति मृत्यु भएको हो ।

यसैगरी सो रोगबाट सोही स्थानका दीपक खड्का गम्भीर बिरामी परेका र उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment