Comments Add Comment

रौतहटमा एक महिलाले जन्माइन् चम्ल्याहा बच्चा

२० साउन, रौतहट । रौतहटको पोठियाही गाविस बस्ने एक महिलाले एकैपटक चम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । स्थानीय पोठियाही गाविस-८ बस्ने मधुदेवी यादवले सोमबार पहिलो गर्भबाट दुई छोरा तथा दुई छोरी जन्माएको वीरगन्जस्थित नेसनल मेडिकल कलेजले जनाएको छ ।

नवजात शिशुको तौल ५०० देखि ७०० ग्राम रहेको छ । शिशुको अवस्था चिन्ताजनक रहेकाले सो अस्पतालमा राखेर बच्चाको स्याहार भइरहेको बच्चाका पिता राजेश यादवले बताए । उनले आर्थिक अवस्था कमजोर भएका कारण कसरी लालनपालन गर्ने भनी समस्या भएको बताए ।

उता ती बच्चाको विशेष उपचारमा संलग्न चिकित्सकहरुले सामान्यतया नवजात शिशुको तौल दुई किलोग्राम हुनुपर्नेमा ती बच्चाको तौल कम भएकाले समस्या देखिएको बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment