Comments Add Comment

नेपाली स्कुटर बजारमा यामाहाको अल्फा

IMG_8137

२० साउन, काठमाडौं । प्रख्यात मोटरसाइकल निर्माता कम्पनी यामाहाले नयाँ स्कुटर ‘अल्फा’ नेपाली बजारमा भित्राएको छ । यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी स्कुटर सार्वजनिक गर्‍यो ।

‘अल्फा’को नेपाली बजारमा एक लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ । यामाहा ‘रे’ र ‘रे-जेड’ को अपार सफलतापछि नयाँ स्कुटर ‘अल्फा’ बजारमा ल्याएको कम्पनीका निर्देशक विष्णु अग्रवालले बताए ।

बजारमा उपलब्ध अन्य स्कुटरहरु भन्दा अल्फा धेरै गुना आरामदायी, स्टाइलिस र उच्च माइलेज दिने स्कुटर भएको कम्पनीले दाबी गरेको छ । यसले प्रतिलिटर ६२ किलोमिटर माइलेज दिने बताइएको छ ।

अल्फामा अन्य स्कुटरमा भन्दा लामो सिट रहेको हुँदा चलाउने र चढ्ने दुबैलाई उत्तिकै आराम महशुस हुनेछ । १५० एमएमको लेग स्पेश हुनु अल्फाको अर्को आकर्षक पक्ष हो ।

IMG_8121

यसमा भएको टेलिस्कोपिक सस्पेन्सनले अन-रोड तथा अफ रोड दुबै यात्रालाई आरामदायी बनाउने दाबी कम्पनीको छ । यसको अर्को अाकर्षकका पक्षका रूपमा २१ लिटरको स्टोरेज स्पेश रहेकाे छ । जहाँ फुलफेस हेल्मेटसहित अन्य समानहरु सजिलै राख्न सकिन्छ ।

एयर कुल्ड ११३ सीसी इञ्जिन रहेको कन्टिनिअस भेरिएवल ट्रान्समिसनले राम्रो एक्सिलिरेसन र पिक अप दिने बताइएकाे छ । यसमा भएको बिएस २४ कार्वुरेटर सहितको थ्रोटल पोजिसिनिङ सेन्सरले इन्धन किफायत गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।

अल्फा नेपाली बजारमा पाँच विभिन्न आकर्षक रङहरु म्याजिकल म्याजेन्टा, ग्रेसफूल ग्रे, रेडियन्ट वाइट, ब्रिलियन्ट ब्ल्याक र फिएरी रेडमा उपलब्ध हुनेछ । यसमा २ वर्षको वारेन्टी र ८ पटक निःशुल्क सर्भिसिङको समेत व्यवस्था गरिएको छ ।

करिव डेढ वर्ष अगाडी ‘रे’ बाट स्कुटर बजारमा प्रवेश गरेको यामाहाले छोटो अवधिमै १७.५ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको मार्केटिङ म्यानेजर करुन शाक्यले बताए ।

IMG_8133

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment