Comments Add Comment

अर्थमन्त्री रामशरण महत चीन प्रस्थान

२१ साउन काठमाडौं । अर्थमन्त्री डा. रामशरण महत आज विहान चिनियाँ अर्थमन्त्रीको निमन्त्रणामा चीन भ्रमणमा गएका छन् । भ्रमणका क्रममा महतले त्यहाँका वाणिज्यमन्त्रीसँग पनि भेटघाट गर्नेछन् ।

Ram-saran-mahatअर्थमन्त्रीको यो भ्रमणले नेपालको आर्थिक तथा सामाजिक विकासको अभियानमा चीन सरकारको थप सहयोग र सदभाव जुटाउने अर्थमन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । ‘विगत लामो समयदेखि नेपालका अर्थमन्त्रीले चीनको भ्रमण नगरेको पृष्ठभूमिमा अर्थमन्त्री डा महतको यस भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

चीननसँगको व्यापार घाटा कम गर्ने, नेपालको पूर्वाधारको क्षेत्रमा थप सहयोग जुटाउने, आर्थिक तथा सामाजिक विकासका लागि चीन सरकारको सहयोग जुटाउने र दुबै मुलुकका अन्य पारस्परिक हितका विषयहरुमा छलफल हुने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

चीनसँगको नेपालको व्यापार घाटा ६५ अर्ब रुपैयाँ छ । पछिल्लो तथ्यांक हनुसार नेपालले चीनमा २ अर्ब ५३ करोड निर्यात गरेको छ भने ६८ अर्ब ४५ करोड रुपैयाँ आयात गरेको छ ।

एसियन इन्फ्रास्ट्रक्चर बैंकको परामर्श बैठक

यसैक्रममा एशिया क्षेत्रको पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले चीनको अगुवाइमा स्थापना हुन लागेको एसियन इन्प|mास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकको चौथो बहुपक्षीय परामर्श वैठक पनि हुने भएको छ । अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनीको नेतृत्वको टोली उक्त बैठकमा सहभागी हुने अर्थ मन्त्रालयले जनाएको छ । नेपालले सो बैंकको संस्थापक सदस्य बन्ने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment