Comments Add Comment

जिफन्टले नियमित ट्रेड यूनियन स्कुल सञ्चालन गर्ने

२१ साउन, काठमाण्डौं । नेपाल ट्रेड युनियन महासंघ जिफन्टले नियमित ट्रेड यूनियन स्कुल सञ्चालन गर्ने भएको छ । नेपालकै मजदुर आन्दोलनमा नयाँ प्रयोगका रुपमा सञ्चालन गर्न लागिएको ट्रेड यूनियन स्कुलका लागि अहिले जिफन्टले शिक्षकलाई प्रशिक्षण दिइरहेकेा छ ।gefont-educators

अस्ट्रेलियन ट्रेड यूनियनिष्ट डेब बोराको सहजीकरणमा भक्तपुरको बोडेस्थित कृषि विकास बैँकको तालिम केन्द्रमा देशभरीका ५४ जना नेताहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिइरहेको छ । साउन १९ गते देखि सञ्चालन भइरहेको जिफन्ट प्रशिक्षक, संगठक कार्यशाला साउन २९ सम्म सञ्चालन हुने नेपाल ट्रेड यूनियन महासंघ जिफन्टका महासचिव बिष्णु लम्सालले बताए ।

प्रशिक्षक संगठक कार्यशालाको उद्घाटन गर्दै जिफन्टका अध्यक्ष बिष्णु रिमाललेे जिफन्टको छैठौं महाधिवेशनले मुलतः चार कुराहरुमा यस अवधिलाई प्राथमिकतामा पारेको उल्लेख गर्दै नियमित टेड यूनियन स्कुललाई जिफन्टले पहिलो कार्यतालिकामा राखेर कामलाई अघि बढाएको बताए । उनले जिफन्टको प्राथमिकताको विषयहरुमा अध्ययन अनुसन्धान, टे्रड यूनियन नीतिको समिक्षा र योजना निर्माण, श्रम क्षेत्रका उपलव्धीहरुको व्यवस्थापनका लागि श्रम केन्द्रको निर्माण र ट्रेड यूनियन स्कुल रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment