Comments Add Comment

भित्रियो टोयोटा ‘इटिओस लिभा’, मूल्य साढे ३३ लाख

IMG_8534
२२ साउन, काठमाडौं । प्रख्यात जापनीज कार निर्माता कम्पनी टोयोटाको इटिओस लिभा नेपाली बजारमा भित्रिएको छ । टोयोटाको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले लिभा नेपाली बजारमा भित्राएको हो ।

युनाइटेड ट्रेडर्सका अध्यक्ष सुरज वैद्य र प्रबन्ध निर्देशक रितु सिंह वैद्यले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी लिभा सार्वजनिक गरे । हृयाचब्याक सेगमेन्टमा उपलब्ध लिभाको नेपालमा ३३ लाख ४५ हजार रुपैयाँ पर्ने बताइएको छ ।

लिभा ११९७ सीसीको ७८.९ विएचपी १६ भल्भ भएको पेट्रोल इन्जिनयूक्त अध्याधुनिक कार हो । यसमा ५ स्पिड म्यानुअल गिअर बक्स रहेको छ, जसले ७८.९ विएपी एट ५६०० आरपिएमको शक्ति उत्पन्न गराउँछ । साथै, गाडीमा १०४ एनएम एट ३१०० आरपिएमको म्याक्स टर्कसमेत रहेको कम्पनीले जनाएको छ ।

लिभाले शहरी क्षेत्रमा १५.१ किलोमिटर प्रतिलिटर र राजमार्गमा १७.७१ किलोमिटर प्रति लिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ । यसको अघिल्लो भागमा McPherson Strut Suspension जडान गरिएको छ भने अन्य क्षेत्रमा Torsion Beam Suspension जडान गरिएको छ । जसले आरामदायी र सुविधाजनक यात्राको अनुभव गराउने बताइएको छ । लिभामा १८५/६० आर १५ ट्यूवलेस टायरहरु प्रयोग गरिएका छन् ।

IMG_8519

लिभामा फराकिलो क्याविन रहेको हुँदा ५ जनाले आरामदायीरुपमा यात्रा गर्न सकिने कम्पनीले बताएको छ । यसलाई उपयुक्त पारिवारीक गाडिका रुपमा प्रयोग गर्न सकिन्छ ।

नेपालमा यसलाई कर्पोरेट जगतमा काम गर्ने म्यानेजर लेवलका व्यक्ति, घरायसी महिला, नयाँ व्यवसायी, इन्जिनियर लगाएतले मन पराउने कम्पनीले विश्वास लिएको छ । लिभामा ४५ लिटर क्षमताको इन्धन ट्याङ्की रहेको छ भने २ सय ५१ लिटरको सामान राख्न मिल्ने डिक्की रहेको छ ।

उच्चस्तरको आन्तरिक सजावट गरिएको लिभामा प्रयोगकर्ताको लागि आवश्यक प्रविधिसहितका सुविधाहरु समेत राखिएको छ । यसमा इलेक्ट्रोनिक पावर स्टेयरिङ, मल्टि फङ्सन स्टेयरिङ हृविल, पावर विन्डोज, रिमोट ट्रंक ओपनर, रिमोट फ्यूल लिड ओपनर आदि सुविधाहरु रहेका छन् । जसले गर्दा गाडीलाई आरामदायी र सुविधाजनक बनाएको छ ।

लिभामा एबीएस, इबीडी, एयरब्याग, इम्प्याक्ट एब्र्जोबिङ बडी स्ट्रक्चर र इन्जिन इमोबिलाइजर जस्ता उच्चस्तरका फरक-फरक प्रकृतीका सुरक्षा प्याकेज राखिएको छ । जसले चालक तथा यात्रुहरुलाई सुरक्षा र आनन्द प्रदान गर्ने कम्पनीको दाबी छ ।

Toyota-ETOS-Liva-finalIMG_8492  IMG_8570

भिडियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment