Comments Add Comment

करिश्माले अर्को विवाह नगर्ने

Karishma

यापारी सञ्जय कपुरसँग दूरी बढेपछि करिश्मा कपुरले दोस्रो विवाह गर्ने कुरा बलिउडमा गसिप बनेको छ । करिश्मा र सञ्जयले सम्बन्ध विच्छेदको निवेदन अदालतमा दर्ता गराइसकेका छन् । अदालतमा निवेदन दर्ता गराएपछि दुबै जना अहिले नयाँ जोडीसँग डेटमा रमाइरहेका छन् । करिश्मा डेटमा रमाइरहेका बेला बहिनी करिनाले भने दिदीले अब दोस्रो विवाह नगर्ने खुलासा गरेकी छन् ।

बलिउडमा यी दिनमा करिश्मा कपुर व्यापारी सन्दीप तोशनिवालको नजिक आएको चर्चा चलिरहेको छ । खबर अनुसार करिश्मा आफ्ना पति सञ्जयसँग अलग भएपछि व्यापारी सन्दीपसँग डेग गरिरहेकी छन् । अनि दुबै जना विहेको योजना पनि बनाइरहेका छन् । सन्दीपले पनि पहिली पत्नीसँग सम्बन्ध विच्छेद गरिसकेका छन्, उनका दुईजना छोरी छन् । दुबै डेटमा रमाइरहँदा करिना कपुरले करिश्मा कपुर पुनः विवाहबन्धनमा बाँधिने कुराको सिधै खण्डन गरेकी छन् ।

समाचार सूत्रलाई उधृत गर्दै भारतीय मिडियाले जनाए अनुसार अहिले डेट गरिरहेका संदीपले करिश्माको सञ्जय कपुरसँग सम्बन्ध विग्रेदेखि नै भावनात्मक साथ दिँदै आएका थिए । जबबाट पतिसँग करिश्माको खटपट शुरु भयो, त्यही बेलादेखि सम्बन्ध विच्छेदको लागि अदालतमा निवेदन दिन पनि सन्दिपले नै सघाएका थिए । अदालतमा निवेदन दिने क्रममा कानुनी मद्धत र मनोविमर्श गराई सन्दिपले नै करिश्मालाई मानसिक आघात हुनबाट जोगाउन मद्धत गरेका थिए ।

करिनाले बलिउडको एक चर्चित अखबारसँग कुराकानीमा दुईजना झगडा गरेर बस्नु भन्दा अलग अलग हुनु नै राम्रो भएकाले छुटि्टएको बताएकी थिइन् । करिश्माले अब कहिले पनि अर्को विवाह नगर्ने योजना बनाएकी छिन् । आफूलाई एक्लै छोडिदिन आग्रह गर्दै करिश्माले आफू अत्यन्तै मुश्किल अवस्थामा रहेको पनि बताएकी छन् ।
दिदिले अर्को विहे नगर्ने बताएकी करिनालाई मिडियाले बच्चा जन्माउने योजना बारे सोधेका थिए । ‘म र सैफ आगामी दुई वर्षसम्म बच्चा चाहँदेनौ’, करिनाले भनिन्, ‘हामी दुबैका लागि करियरमा केन्दि्रत हुने समय हो यो । जब मैले बच्चा जन्माउँछु, त्यही नै मेरो जिन्दगी हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment