Comments Add Comment

एसियन रेफ्री परीक्षामा नेपालका ११ जना उत्तिर्ण

रामचन्द्र नेपाल

२३ साउन, क्वालालम्पुर । एसियन कराते फेडरेसनले मलेसियामा आयोजना गरेको एसियन रेफ्री परीक्षामा ११ जना उत्तिर्ण हुन सफल भएका छन् । अगष्ट ४ देखि ७ सम्म भएको परीक्षामा नेपालका तर्फवाट १९ जना सहभागी भएकोमा ११ जना उत्तिर्ण भएका हुन् ।

रेफ्रीको परीक्षामा उत्तिर्ण हुनेहरुमा प्रकाश मोहन धौडेल, विशन मोत, धुव्र विक्रम मल्ल, बीआर मित्र, श्याम शेर्पा, गोपाल महर्जन, विशन सिंह खड्का, श्याम सुनुवार, योगेन्द्र कोइराला, वालकृष्ण रावल र रेसम लामा रहेका छन् । उत्तिर्ण रेफ्रीहरुले एसियन लेवलको रेफ्रीको लाईसेन्स प्राप्त गरेका छन् । अव उनीहरुले एसियामा हुने कराते खेलमा रेफ्रीको भूमिका निभाउन पाउने छन् ।

एसियन च्यापियनसिप आजदेखि

यसैविच अगष्ट ८ देखि १० सम्म मलेसियामा एसियन च्याम्पियन सिप कराते प्रतियोगिता हुँदैछ । नेपाल कराते महासंघवाट १९ जना रेफ्री, दुई जना खेलाडि र चार जना अफिसियल मेम्वरहरु मलेसिया आएका छन् । नेपाली टोलीको नेतृत्व महासंघका महासचिव केदारवावु शिवाकोटीले गरेका छन् । स्थानीय चेरासमा रहेको ब्याडमिण्टन हलमा हुने उक्त प्रतियोगितामा नेपालसहित ३५ राष्ट्रले सहभागिता जनाउँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment