+
+
Shares

उजुरी पेटिका फोहोर हाल्ने भाँडो !

२३ साउन, दाङ । हरेक सरकारी कार्यालयहरुमा नागरिकहरुको गुनासो, उजुरी र सुृझाव संकलनका लागि उजुरी पेटिकाको राख्ने गरिएको हुन्छ । तर दाङको मालपोत कार्यालयमा राखिएको त्यस्तै उजुरी पेटिका भने फोहोर हाल्ने भाडोको रुपमा प्रयोग भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २३ गते १३:२९

निमुसंगम घर्ती

२३ साउन, दाङ । हरेक सरकारी कार्यालयहरुमा नागरिकहरुको गुनासो, उजुरी र सुृझाव संकलनका लागि उजुरी पेटिकाको राख्ने गरिएको हुन्छ । तर दाङको मालपोत कार्यालयमा राखिएको त्यस्तै उजुरी पेटिका भने फोहोर हाल्ने भाडोको रुपमा प्रयोग भएको छ ।ujuri-petika

कार्यालयको बाहिरी भित्तामा झुण्ड्याइएको उजुरी पेटिका भित्र उजुरी र गुनासो नभई चुइगमका खोल, सूचना पार्टीमा राखिएका काम नलाग्ने कागज र डटपेनका खोस्टाहरु भेटिएका छन् । काम छिटो र सहजरुपमा गराउने नाममा घुसखोरी धेरै हुने कार्यालय भनेर आरोप लाग्ने कार्यालयमा उजुरी भने कमै आउँछ ।

तर उजुरीले भरिएको देखिने पेटिका खोल्दा भने चुईगम खाएर फालिएको खोल, नलेख्ने कमल र सडक विभाग भित्र रहेको यान्त्रिक कार्यालयले पठाएको सूची दर्ता गर्ने सूचना, दाङ देउखुरी जिल्ला अदालतबाट आएको लेनदेन सम्बन्धी मुद्दाको कागजहरुले भरिएको अबस्थामा भेटिएको छ । यस्तै उजुरी पेटिकालाई माकुरोको जालोले छोपेको अबस्थामा रहेको छ । यति मात्रै हैन मालपोत कार्यालयमा रहेका गाबिस फाँट लेखिएका नेम प्लेट समेत यत्रतत्र भुईमा खसेका हुन्छन् ।

उता कार्यालयका सूचना अधिकृत भरतचन्द्र अधिकारीले भने आफूहरुको गल्ती भएको स्विकार गरेका छन् । नियमित उजुरी पेटिकामा आएका गुनासोलाई समय समयमा हेरिरहेपनि कसैले बिठ्याई गरेर यस्तो परेको अधिकारीले बताए । जनताको कामका लागि आफूहरु प्रतिबद्ध रहेको भन्दै उनले कर्मचारीहरुले दुःख दिने गरेको गुनासो आए कार्यालयले गम्भीररुपमा ध्यान दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?