Comments Add Comment

जलेश्वर कारागारका कैदीको मृत्यु

२४ साउन, महोत्तरी । महोत्तरीको जलेश्वर कारागारमा कैदी जीवन बिताइरहेका एक कैदीको गएराति मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषा जिल्लाको औरही गाविस- ८ कपटौली बस्ने ३६ वर्षका विजय पासवान रहेको जलेश्वर कारागार कार्यालयले जनाएको छ ।
टाउको र नसासम्बन्धी रोग रहेको कैदी पासवान शुक्रबार एक्कासी बिरामी भएपछि कारागार प्रशासनले उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा लगेकोमा उनको उपचारका क्रममा गएराति मृत्यु भएको जेलर शोभेन्द्र ठाकुरले जानकारी दिए ।
विसं २०५८ मा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद ठेकिएर जलेश्वर कारागारमा आएका कैदी पासवानले १३ वर्ष काटिसकेका थिए भने सात वर्ष अझै बाँकी छँदै उनको मृत्यु भएको कारागार कार्यालयले जनाएको छ ।
पासवानको शव बुझ्नका लागि निजका परिवारजनलाई खबर पठाइसकेको र उनीहरू आएपछि शव परीक्षण गरी परिवारजनलाई बुझाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment