+
+

राष्ट्रपतिलाई संसदबाट अनुमोदन गराउने जिम्मा ओलीलाई

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २४ गते १७:५१

२४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको कामकारबाहीबारे पार्टी मन्त्रीहरुसँग छलफल गरेका छन् ।

पार्टी पदाधिकारीहरुको छलफल हुन नसकेपछि ओलीले पार्टीका मन्त्रीहरुलाई आफ्नै निवास बालकोटमा सरकारमा सहभागी पार्टीका ६ मन्त्रीलाई बोलाएका थिए ।

छलफलमा एमाले मन्त्रीहरुले आफ्ना मन्त्रालयगत समस्याहरुबारे ओलीलाई ब्रिफिङ गरेका थिए । ‘संयुक्त सरकारको भावना अनुसार काम भएको छैन’ सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अनलाइनखबरसँग भने-‘मेरै विधेयक कांग्रेसका कारण संसदमा अडि्कएको छ । राजनीतिक नियुक्ति, राजनीति नियुक्ति हुन सकेको छैन ।’

छलफलमा पार्टी अध्यक्ष ओली र मन्त्रीहरुबीच सरकार गठनका क्रममा भएको सातबुँदे कार्यान्वयनबारे पनि छलफल भएको छ ।

नयाँ संविधान जारी नभएसम्म कांग्रेससँगको सत्ता गठवन्धनलाई निरन्तरता दिनु पर्ने तर, सरकार गठनका क्रममा भएको सहमति कार्यान्वयन गर्नु पर्ने नेताहरुको जोड छ ।

बैठकमा मन्त्रीहरुले राष्ट्रपतिलाई संसदबाट अनुमोदन गराउने सहमति कार्यान्वयनका लागि पहल गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका छन् । ‘सहमतिहरु कार्यान्वयन हुनुपर्छ’ पण्डितले भने-‘यसका लागि पार्टी नेतृत्वले पहल गर्नु पर्‍यो ।’

अध्यक्ष ओलीसँगको भेटपछि उपाध्यक्ष समेत रहेका गृहमन्त्री बामदेव गौतमले सामान्य खटपट हुनासाथ सरकार परिर्वतनको कुरा नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?