Comments Add Comment

नायक श्रीकृष्णको निधनको कारण बोन क्यान्सर ?

shreekrishna

विजय आवाज

२५ साउन, काठमाडौं । लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको निधन बोन क्यान्सरबाट भएको स्रोतले दाबी गरेको छ । श्रेष्ठको आइतबार विहान भारतको दिल्लीस्थित गंगाराम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

असार २३ मा नायिका स्वेता खड्कासँग विवाह गरेर हनिमुन मनाउन सिमला पुगेका थिए । त्यहीबेला विरामी परेपछि उपचारका लागि अस्पताल भर्ना भएका उनलाई निमोनिया भएको खबर आएको थियो ।

निर्देशक आकाश अधिकारीलाई उधृत गर्दै स्रोतले जनाएअनुसार एकसाता अघि मात्रै श्रीकृष्णलाई बोन क्यान्सर भएको पत्ता लागेको थियो । तर, उपचारका क्रममा उनलाई बोन क्यान्सर भएको पत्ता लागेको बताइएको छ । परिवारमा तनाव हुने भएकाले उनको रोग गोप्य राखिएको थियो । उपचारका क्रममा उनलाई केमोसमेत दिइएको बताइएको छ ।

यो पनि पढ्नुस् 

नायक श्रीकृष्णको निधनपछि स्वेता दिल्लीमा अचेत

नायक श्रीकृष्ण श्रेष्ठको उपचारका क्रममा निधन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment