Comments Add Comment

एन्ड्रोइड फोन कसरी अपग्रेड गर्ने ? जान्नुहोस् यी सरल तरिका

आफ्नो एन्ड्रोइड स्मार्टफोन तथा ट्याब्लेटमा तपाई पछिल्ला फिचर र राम्रो पर्फमेन्स चाहनुहुन्छ ? यसका लागि तपाइँले आफ्नो ग्याजेटमा उपलब्ध मध्ये सबैभन्दा नयाँ सफ्टवेयर राखेकै हुनुपर्छ, त्यो एपमात्र नभएर अपरेटिङ सिस्टम पनि ।

नयाँ अपरेटिङ सिस्टमसँगै डिभाइसको स्पिड मात्र बढ्ने होइन नयाँ-नयाँ फिचर्स तथा सुविधाहरुमा समेत वृद्धि हुन्छ । त्यसैले तपाईले प्रयोग गर्ने फोनको ब्राण्ड र त्यसको स्तर हेरी तपाईले तत्कालै अपरेटिङ सिस्टम अपग्रेड गर्नु बुद्धिमानी हुन्छ ।

यद्यपि पछिल्लो समय एन्ड्रोइड आफ्नो अपरेटिङ सिस्टमको विखण्डनका कारण आलोचित छ । तथ्यांकअनुसार एन्ड्रोइड प्रयोगकर्ता मध्ये १३.५ प्रतिशतले अझै पनि एन्ड्रोइडको २.३.३-२.३.७ जिन्जर ब्रेड अपरेटिङ सिस्टम चलाइरहेका छन् । ११.४ प्रतिशतले ४.०.४-४.०.४ आइस क्रिम स्याण्डविच तथा ५६.५ प्रतिशतले ४.१-४.३ जेली बिन अपरेटिङ सिस्टम चलाइरहेका छन् । त्यस्तै कम्तिमा १७.९ प्रतिशतले एन्ड्रोइड एल ४.४ किटक्याट अपरेटिङ सिस्टम चलाइरहेका छन् ।

एन्ड्रोइडको अपरेटिङ सिस्टममा अपग्रेड गर्नका लागि डिभाइसमा कुनै तार जोडिरहनु पर्दैन अर्थात् सामान्यतया ओटिए (ओभर द एयर) गर्न सकिन्छ । साथै क्रमैसँग अपग्रेड गर्न सकिन्छ मोबाइल अपरेटर तथा उत्पादक हेरिकन ।
स्मार्टफोन तथा ट्याबलेटमा एन्ड्रोइडको नयाँ अपरेटिङ सिस्टम अपडेट उपलब्ध गराउने कि नगराउने भन्ने कुरा उत्पादकको इच्छामा भर पर्छ र त्यो बाध्यात्मक हुँदैन पनि । यदि तपाइँसँग उच्च मूल्यका स्मार्टफोन जस्तै, ग्यालेक्सी एस फाइभ, एचटीसी वन एम ८, एल जी जी थ्री जस्ता स्मार्टफोन छन् भने स्मार्टफोन उत्पादकले तपाइँलाई कम्तिमा एक पटक अपरेटिङ सिस्टम अपग्रेड गर्ने सुबिधा दिन्छन् । कतिपय फोनको फिचरको सिमितताका कारण अपग्रेड सुबिधा दिइएको हुँदैन् ।

यद्यपि गुगलको नेक्सस तथा निकट भविष्यमै आउन लागेको एन्ड्रोइड वन स्मार्टफोनमा सबैभन्दा पछिल्लो अपरेटिङ सिस्टम आफै अपडेट हुने प्रविधि रहने  बताइएको छ ।

अपग्रेड गर्न मिल्छ कि मिल्दैन ? कसरी थाहा पाउने ?

Google_Android_version 1

तपाइँको अहिलेको स्मार्टफोन तथा ट्याबलेटमा अपडेट उपलब्ध छ भने यसबारेमा तपाइँले नोटिफिकेसन प्राप्त गर्नुहुनेछ । अपडेटको नोटिफिकेसन आफै पनि चेक गर्न सकिन्छ । आफ्नो एन्ड्रोइड डिभाइस अप टू डेट छ छैन भन्ने जान्नका लागि र अपडेट गर्नका लागि सबैभन्दा पहिले आफ्नो ग्याजेटको एन्ड्रोइड भर्सन कुन हो भन्ने पत्ता लगाउनुपर्छ । यसका लागि फोनको settings भित्र software information को Android Versionमा गएर चेक गर्न सकिन्छ ।

कसरी अपडेट गर्ने ?
एन्ड्रोइड अपडेट सामान्यतयाः ६ चरणमा गर्न सकिन्छ ।
१. सबैभन्दा पहिले आफ्नो स्मार्टफोन तथा ट्याबलेटमा रहेका डाटा सुरक्षित गर्नका लागि ब्याकअप राख्नुहोस् । सामान्यता अपरेटिङ सिस्टम अपडेट गर्दा डिभाइसको डाटा नष्ट नहुने भएपनि यसको ग्यारेन्टी नहुने भएकाले आफ्ना डाटा सुरक्षित राख्नु बुद्धिमानी हुन्छ ।

670px-Update-an-Android-Step-1-Version-2
२. स्क्रिनमा रहेको सेटिङ मेनुमा जानुहोस् । अधिकांस एन्ड्रोइड डिभाइसमा एप मेनु तथा नोटिफिकेसन बार मै सेटिङ मेनु उपलब्ध हुन्छ ।

670px-Update-an-Android-Step-2-Version-2

३. सेटिङ मेनुमा गएर अबाउट फोन वा अबाउट ट्याब्लेट भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।

670px-Update-an-Android-Step-3-Version-2

४. त्यसपछि देखिने सफ्टवेयर अपडेट नामक अप्सनमा क्लिक गर्नुहोस् । यो खण्डमा तपाइँको डिभाइसमा अहिले चलिरहेको अपरेटिङ सिस्टमको विवरण समेत उपलब्ध हुन्छ ।

670px-Update-an-Android-Step-4-Version-2

५. त्यसपछि तपाइँको फोन वा ट्याब्लेटले उपलब्ध अपडेटहरुको खोजी गर्छ । यदि अर्को मेनुमा जानु पर्यो भने ‘सफ्टवेयर अपडेट चेक’ भन्ने मेनु सेलेक्ट गर्नुहोस् । त्यसपछि तपाइँले उपलब्ध अपडेटहरुको सूचि प्राप्त गर्न सक्नुहुन्छ । त्यसपछि तपाइँलाई अपडेट इन्स्टल गर्ने नगर्ने सोधिनेछ । जब तपाइँले ‘yes’ भन्ने अप्सनमा क्लिक गर्नुभयो भने नयाँ सफ्टवेयर अपडेट डाउनलोड तथा इन्स्टल हुनेछ र फोन रिबुट हुनेछ ।
उपलब्ध अपडेट खोजी गर्नका लागि डिभाइसमा वाइफाइ कनेक्सन आवश्यक पर्नसक्छ । वाइफाइ चलाएरै सिस्टम अपडेट गर्नु उपयुक्त हुन्छ किनकी कहिलेकाही ठूलो फाइल डाउनलोड गर्नुपर्ने हुन्छ । जुन सेलुलर डाटाबाट नेट चलाएर गर्दा निकै महंगो पर्न सक्छ ।

670px-Update-an-Android-Step-5

६. अपडेट डाउनलोड भएसँगै सफ्टवेयर इन्स्टल गर्नका लागि डिभाइस रिस्टार्ट गर्नुपर्ने हुन्छ । त्यसैले रिस्टार्ट एण्ड इन्स्टल भन्ने बटन क्लिक गर्नुहोस् । यसरी सिस्टम अपडेट गर्दा फोनमा बढि उर्जा खपत हुने भएकाले ब्याट्री नसकियोस् भन्नका लागि चार्जरमा जोड्नु राम्रो हुन्छ ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment