+
+
Shares

साउदी विदेशमन्त्रीले गरे भारत र पाकिस्तानसँग तनाव कम गर्नेबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २७ गते १६:३१

२७ वैशाख, काठमाडौं । भारत–पाकिस्तानबीच बढ्दो सैन्य तनावको बीचमा साउदी अरेबियाका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहानले दुवै देशका विदेशमन्त्रीहरूसँग टेलिफोन वार्ता गरेका छन् ।

शनिबार भएका यी टेलिफोन वार्ताबारे साउदी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रिन्स फैसलले भारतका विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानका विदेशमन्त्री इसहाक डारसँग फोन संवाद गरी भारत–पाकिस्तानबीच जारी सैन्य टकराव अन्त्य गर्न र तनाव न्यूनीकरण गर्ने प्रयासबारे छलफल गर्नुभयो ।’

पाकिस्तानको विदेश मन्त्रालयले पनि इसहाक डार र साउदी विदेशमन्त्रीबीचको संवादबारे जानकारी दिएको छ ।

टेलिफोन संवाद बारे पाकिस्तानी पक्षले भनेको छ,’इसहाक डारले भारतका आक्रमणहरू र त्यसको प्रत्युत्तरस्वरूप पाकिस्तानले लिएको कदमलगायत पछिल्लो सुरक्षा अवस्थाबारे साउदी विदेशमन्त्रीलाई जानकारी गराए ।’

साउदी विदेशमन्त्रीले निर्दोष नागरिकहरूको ज्यान गएकोमा दुःख व्यक्त गरे र पाकिस्तानको संयमित तथा सन्तुलित प्रतिक्रिया प्रति सराहना प्रकट गरेका पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।

बीबीसीका अनुसार दुवै पक्षबीच संवाद कायम राख्ने सहमति भएको छ ।

यता, भारतका विदेशमन्त्री एस. जयशंकर र भारतीय विदेश मन्त्रालयले भने साउदी विदेशमन्त्रीसँग भएको संवादबारे औपचारिक टिप्पणी गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?