Comments Add Comment

चट्याङले लागेर एकको मृत्यु

२६ साउन, अछाम । अछामको बिन्देवासनी गाविसमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
बिन्नेवासनी-४ का ५५ वर्षका नरबहादुर बोहराको चट्याङले लागेर मृत्यु भएको हो । उनीसँगै बसेका दुई जना सामान्य घाइते भएका छन् । चट्याङ लागेर गम्भीर घाइते भएका बोहरालाई उपचारको लागि बयालपाटा अस्पतालमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको मृतकका भाइ राजगरी बोहोराले जानकारी दिए ।

तालमा डुबेर एक बेपत्ता
रुकुमको स्यार्पू तालमा डुबेर एक बालिका बेपत्ता भएकी छिन । बाफिकोट ७ खारखोलाकि १० वर्षकी युरिका बिक तालमा डुबेर बेपत्ता भएको प्रहरीले
जनाएको छ ।
आइतबार बिदाको दिन साथिहरुसँग पौडि खेल्न गएकी बिक दिउँसो २ बजेतिर डुबेर बेपत्ता भएको आफन्तहरुले बताएका छन । बेपत्ता बालिकाको खोजी
भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment