Comments Add Comment

बजाजले नेपालमा पहिलो पटक ‘बाइक रियालिटी शो’ गर्ने

२७ साउन, काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्दले ग्राहकहरुमाझ ‘पल्सर डेयरभेन्चर’ कार्यक्रम गर्ने भएको छ । पल्सर डेयरभेन्चर नेपालको पहिलो बाइक रियालिटी शो हो ।

Pulsar-Dare-Venture-mnemonicयस योजनामा १० साहसी प्रतियोगीहरुले पल्सर बाइकमा ‘अन-अफ रोड’ हुँदै एउटा साहसीक राइडमा जाने मौका पाउनेछन् । प्रतियोगीतामा सामेल हुनका लागि प्रतियोगीहरुले शुरुवातमा नै धेरै तालिमहरु लिनुपर्ने एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले बताए ।

सबै १० जना प्रतियोगीहरुलाई १८० सीसीको पल्सर बाइक दिने जानकारी दिँदै कम्पनीले विजेताले ग्राण्ड क्यास प्राइज जित्ने बताएको छ । राइडकै क्रममा प्रतियोगीहरुले अन्य वर्गमा पनि आकर्षक उपहारहरु जित्ने बताइएको छ ।

प्रतियोगीतामा सामेल हुन प्रतियोगीहरुसँग बजाज पल्सर १५० सीसी वा त्योभन्दा बढीको पल्सर बाइक हुनुपर्नेछ । प्रतियोगीतामा २२ देखि ३५ वर्षसम्मका नेपाली युवाहरुले मात्र भाग लिन पाउने कम्पनीले जनाएको छ ।

प्रतियोगीताको ‘अन-अफ रोड’को राइडले प्रतियोगीहरुको कौशलता र धैर्यता प्रस्तुत गर्नुपर्ने हुन्छ । प्रतियोगीताको दौरानमा प्रतिस्पर्धिहरु काठमाडौंबाट पोखरा, जोमसोम हुँदै अपर मुस्ताङसम्म पुग्नेछन् । कार्यक्रमको अवधिभर बाइकहरुको मर्मत तथा सर्भिसिङ बजाजका प्रविधिक सहयोगीहरुले नै गर्नेछन् । कम्पनीका प्रबन्ध निर्देशक गोल्छाले नेपाली ग्राहकहरुका लागि पल्सर डेयरभेन्चर प्रस्तुत गर्न सकेकोमा निकै हषिर्त भएको बताए ।

‘यो नेपालको पहिलो बाइक रियालिटि शो हो र हामी आउँदो दिनहरुमा पनि यसको अझै धेरै सिक्वल निकाल्नेछौँ जसबाट युवा राइडरहरुले नेपालका साहसीक भू-भागहरुमा आफ्नो कौशल देखाउने मौका पाउनेछन् । पल्सर बाइकको ब्रान्ड सधैँ साहसीक अनुभवसँग सम्बन्धित हुने गरेको छ र यो अप्पर मुस्ताङ्गको यात्रा पनि निकै रोमान्चक हुनेछ । यो यात्रा युवा राइडरहरुले आफ्नो कौशल देखाउने र मनोरन्जन लिने मञ्च हो’ गोल्छाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment