Comments Add Comment

सभासदको एक दिनको तलब पहिरो पीडितलाई दिइने

२७ साउन, काठमाडौँ । सिन्धुपाल्चोक, दोलखा र सङ्खुवासभाका बाढी तथा पहिरो पीडितलाई सम्पूर्ण सांसदले एक दिन बराबरको तलब राहतस्वरुप प्रदान गर्ने भएका छन् । व्यवस्थापिका-संसद्को मंगलवारको बैठकमा कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णयअनुसार सो प्रस्ताव सभामुख सुवासचन्द्र नेम्वाङले सदनमा प्रस्तुत गरेपछि सर्वसम्मतिले पारित भएको हो ।

महिला हिंसाबारे सरकारको धारणा माग

सभामुख सुवासचन्द्र नेम्बाङले नेपालगन्ज, गोरखा, गुल्मीलगायत जिल्लामा बालिका बलात्कारको घटनाका सम्बन्धमा व्यापक कुरा उठेकाले तत्काल सरकारको धारणा सदनलाई जानकारी गराउन निर्देशन दिएका छन् ।

महिला हिंसाको शृङ्खला र विभिन्न जिल्लामा बालबालिका बलात्कारको घटनामा वृद्धि भएको तर पीडितलाई राहत प्रदान गर्न सरकार क्रियाशील नभएको आरोपका साथ अपराधीलाई कारबाही हुनुपर्ने माग सभासदले गरेपछि सभामुखले सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यस्तै नेम्बाङले सिन्धुपाल्चोक, दोलखा र सङ्खुवासभाका पहिरो पीडितका सम्बन्धमा सरकारले प्रदान गरिरहेको राहत र पीडित परिवारको उद्धारमा गरेको काम कारबाही तथा तराईका जिल्लामा परेको सुक्खा खडेरीका सम्बन्धमा पनि तत्काल सदनलाई जानकारी गराउन पनि ध्यानाकर्षण गराएका छन् । सभामुख नेम्वाङले सो सम्बन्धमा भइरहेको कामकारबाहीका सम्बन्धमा सदनमार्फत मुलुकलाई जानकारी गराउन मंगलवार दोस्रो पटक आग्रह गरेका हुन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment