Comments Add Comment

यार्सा व्यापारीको झण्डै साढे ६ करोड लुट्ने पूर्व लडाकू पक्राउ

Sangam rokka

२७ साउन, काठमाडौं । यार्सागुम्बा व्यापारीको झण्डै साढे ६ करोड लुटपाटका योजनाकार पूर्व लडाकू प्रक्राउ परेका छन् ।

रुकुम घर भइ इचङ्गु नारायण ९ बस्ने ३० वर्षका विकल्प भन्ने संगम रोक्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले बौद्धबाट पक्राउ गरेको हो । माओवादी लडाकूका तत्कालीन वटालिन भाइस कमाण्डर रहेका उनले सेना समायोजनन प्रक्रियामा स्वच्छिक अवकास लिएका थिए ।

संगम साउन ९ मा पक्राउ परेका थिए । उनी गत वर्ष साउन २० गते डोल्पाकेा साल्दाङको सुम्दे भन्ने स्थानमा २०/२५ व्यापारीले चीनमा यार्सागुम्बा बेचेर फर्कने क्रममा भएको ६ करोड ३७ लाख लुटपाटको मुख्य योजनाकार भएको प्रहरीले बताएको छ । १० जनाको समूहले अत्याधुनिक हतियार देखाएर लुटपाट गरेको थियो ।

संगमको बयानका आधारमा प्रहरीले लुटपाटमा प्रयोग भएको एम १६ राइफाल साउन १३ गते रंगमको गाउँ हुमाको जंगलमा लुकाइराखेको अवस्थामा बरादन गरेको थियो ।

इचङ्गु नारायणस्थित संगमको कोठामा खनतलासी गर्दा ९३ ग्राम चरेश जस्तो देखिने कालो पदार्थ समेत भेटिएको सीआईवीले जनाएको छ । संगम डोल्पाको माचफाल गाविस घर भइ सिन्धुपाल्चोक बाह्रबिसे बस्ने हर्कबहादुर पाखि्रनको हत्यामा समेत संलग्न रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment