Comments Add Comment

बलात्कारीलाई फाँसी दिनुपर्छः अजय देबगण

Ajay-devganमुम्बई । भारतमा बलात्कारका घटना बढ्दै गएपछि आम भारतीय नागरिकलाई चिन्तित मात्रै बनाएको छैन, यस्ता घटनामा संलग्नलाई कडा कार्वाही गर्नुपर्ने आवाज दिन दिनै उठिरहेको छ ।

पछिल्लो फिल्म ‘सिंघम रिटर्नस’ को प्रचार प्रशारमा जुटेका अभिनेता अजय देबगणले बलात्कारका घटना नियन्त्रणका लागि बलात्कारीलाई फाँसीमा झुण्ड्याउनुपर्ने धारणा राखेका छन् । ‘बलात्कार आफैमा जघन्य अपराध हो । यस्ता घटनामा संलग्नलाई सामान्य सजाय दिएर हुँदैन फाँसीमै झुण्ड्याउनुपर्छ ।’ उनले भने ।

बलात्कार अपराध मध्येकै गम्भिर घटना भएको बनाउँदै उनले भने ‘मलाई ल लाग्छ सबै बलात्कारीलाई झुण्ड्याएर मारेपछि मात्रै समस्या समाधान हुन्छ ।’ चलचित्र ‘सिंघम रिटर्नस’ ले आयोजना गरेको प्रचार प्रशार कार्यक्रममा उपस्थित देबगणले फिल्मको पनि काफी प्रसंसा गरे । उनकै भनाई अनुसार यो फिल्म पनि आम देशप्रेमी भारतीयहरुको कथा हो । यसमा उनले एक इमान्दार प्रहरीको भुमिका निर्वाह गरेका छन् ।

यो फिल्म सन २०११ मा प्रदर्शन भएको ‘सिंघम’को सिक्वेल हो । निर्देशक रोहित शेट्ठीले पनि फिल्म राम्रो बनेको दाबी गरेका छन् । शेट्ठीकै निर्देशनमा बनेको पछिल्लो फिल्म ‘चेन्नेई एक्सप्रेश’ ले निकै राम्रो ब्यापार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment