News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले रसुवा–भोटेकोशी बाढीको पुनर्निर्माणका लागि नयाँ प्राधिकरण नबनाउने र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई शक्तिशाली बनाउने भएको छ।
- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधिसभा समितिमा कानुनी सुधारमार्फत प्राधिकरण सुदृढ गर्ने विधेयक छिट्टै आउने बताउनुभयो।
- उहाँले पूर्वाधार पुनर्निर्माणका लागि मात्र करिब १ खर्ब रुपैयाँ लाग्ने र अन्य आयोजनाबाट बजेट सारेर काम सुरू गर्ने योजना रहेको जानकारी दिनुभयो।
५ असोज, काठमाडौं । सरकारले रसुवा–भोटेकोशी बाढीको पुनर्निर्माणलाई लक्षित गरी नयाँ प्राधिकरण नबनाउने भएको छ ।
सोमबार प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको बैठकमा बोल्दै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई शक्तिशाली बनाइने छ । तर, नयाँ प्राधिकरण भने गठन गर्ने योजना सरकारको छैन । यसका लागि विधेयक निर्माणको काम भइरहेको समेत उनले जानकारी दिए ।
‘हामी कानुनी सुधारमार्फत विपद् प्राधिकरणलाई शक्तिशाली बनाउँछौं,’ उनले भने, ‘छिट्टै त्यसबारे विधेयक आउँदैछ ।’
उनले पूर्वाधारतर्फको पुनर्निर्माणमा मात्र १ खर्ब हाराहारी बजेट लाग्ने समेत जानकारी दिए ।
अहिले अन्य आयोजनाबाट बजेट ल्याएर पुनर्निर्माणको काम थालिहाल्ने र पुनर्निर्माणको बजेट सुनिश्चित भएसँगै सोधभर्ना गर्ने मोडलबाट काम सुरु गर्ने योजना रहेको समेत उनले बताए ।
प्रतिक्रिया 4