Comments Add Comment

रणबीरबारे बोल्न मानिनन् दीपिका

Deepika

मुम्बई । अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणबीर सिंहको सम्बन्धबारे बलिउडमा चर्चा चुलिएको छ । यद्यपि उनिहरुले अहिलेसम्म आफ्नो सम्बन्धवारे खुलेर कुरा गरेका छैनन् । यो सम्बन्ध गुपचुप नै होस् भन्ने चाहन्छन् उनिहरु ।

भारतीय मिडियाकर्मीहरुको दीपिकालाई भेट्ने बित्तिकै पहिलो प्रश्न हुने गर्छ ‘रणबीरसँग तपाईको सम्बन्ध के हो ? त्यहि प्रश्न रणबीरले पनि झेल्दै आएका छन् । तर, उनीहरुको उत्तर साझा हुने गर्छ । ‘अहिले म यो विषयमा केही बोल्दिन पछि कुरा गरौंला ।’

मुम्बई आयोजित एक कार्यक्रममा दीपिकलाई भेट्ने बित्तिकै मिडियाकर्मीले त्यहि प्रश्न दोहोर्‍याए ‘तपाईलाई त रणबीरसँगै क्रुजमा देखियो । कत्तिको रमाईलो भयो । के के कुरा भयो ? यस्तै यस्तै प्रश्न आईरहयो । दीपिकाले केही जवाफ दिईनन् मात्रै मुस्कुराईन केही बेर र अन्तिममा भनिन् ‘यो प्रश्नको अहिले कुनै अर्थ छैन, म रणबीरको वारेमा केही बोल्दिन, मौका आएपछि भनौंला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment