Comments Add Comment

लागुऔषधसहित एक युवा पक्राउ

२८ साउन, विराटनगर । विराटनगर उपमहानगरपालिका-२१ रानी भन्सार नाकाबाट प्रहरीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार सीमावर्ती भारतीय बजार जोगवानीबाट लागुऔषधसहित नेपालतर्फ आउँदै गरेको अवस्थामा सुनसरी धरान-१९ बस्ने ३३ वर्षीय तिलक थापालाई मंगलवार राति प्रहरीले पक्राउ गरेको हो ।

थापाको साथबाट लागुऔषध स्पासमोप्रोक्सिभन ७२ पिस र नाइट्रोसन १० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment