+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बालुवाटार छाडेपछि सुशील कोइराला महाराजगञ्ज नफर्किने

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २८ गते १९:२२

२८ साउन, काठमाडौ । प्रधानमन्त्री सुशील कोइराला प्रधानमन्त्री पदबाट अवकाश लिएपछि महाराजगञ्जस्थित ‘कोइराला निवास’ मा नफर्कने निश्चित भएको छ । गिरिजाप्रसाद कोइरालाकै पालादेखि ‘कोइराला निवास’को पहिचान बनाएको सो भवनमा बस्दै आएका सुशील कोइरालाले आफू प्रधानमन्त्री भएसँगै उक्त भवन छोडिसकेका छन् ।koirala-niwas

सुशीलले आफू प्रधानमन्त्री भएसँगै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न थालेदेखि महाराजगञ्जमा रहेका आफ्ना सबै सामान आफ्ना माइला दाइका छोरा अतुल कोइरालाको निवासमा लगेर राखेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री कोइरालाले बालुवाटार छोडलगत्तै धापासीमा रहेको आफ्ना भजित अतुल कोइरालाकै घरमा बस्ने छन् । कोइरालाका सामान सारिएपछि महाराजगञ्जमा बस्दै आएका सुरक्षाकर्मी पनि मंगलबारबाट हटेका छन् ।

कोइराला प्रधानमन्त्री हुनुअघि नेता डा. सशांक कोइरालाको महाराजगञ्जमै रहेको निवासमा सर्न खोजे पनि स्वकीय सचिव लक्ष्मण ढकालसहित कांग्रेसकै केही नेताको दबावका कारण अन्तिम समयमा आएर शशांकको घरमा बस्ने योजना स्थगन गरेका थिए । गिरिजाप्रसाद कोइरालाले लामो समय भाडामा प्रयोग गरेको महाराजगञ्जको यो भवनमा गिरिजाको निधनपछि सुशील कोइराला सरेका थिए ।

शंखमूलस्थित आफ्नो भाञ्जा रमेश भण्डारीको घरमा बस्दै आएका सुशील गिरिजाको निधनपछि शशांक कोइरालाको घरमा सर्ने तयारीमा थिए । तर, गिरिजानिवासमा बसेर सभापति चलाउँदा मनोवैज्ञानिकरुपमा फाइदा हुने आँकलनका साथ सुशील महाराजगञ्ज सरेका थिए । प्रधानमन्त्री छाडिसकेपछि कोइरालाले पूर्वप्रधानमन्त्रीको हैसियतमा मासिक ५० हजार घरभाडा र अन्य सरकारी सुविधासमेत पाउने भएकाले डेरा भाडा केले तिर्ने भनी पहिले जसरी छट्पटिनु नपर्ने भए पनि उनी आफ्नो इच्छाले नै भतिजाको घरमा जाने निष्कर्षमा पुगेका हुन् ।

कोइरालानिवासमा बस्ने पूर्वस्वकीय सचिवको घोषणा

यसैवीच कोइराला निवास सुशील कोइरालाले छोडे पनि उनका पूर्वस्वकीय सचिव लक्ष्मण ढकालले त्यहाँ अड्डा जमाउने तयारी थालेका छन् । ‘महाराजगञ्जको कोइराला निवासमा अब म आफ्नो सम्पर्क कार्यालय खोल्छु’ यसैसाता सुशील कोइरालाको स्वकीय सचिवबाट निष्काशित ढकालले भने- ‘बालुवाटार छाडे पनि सुशील’दा पहिले बसेको निवासमा आउनुहुन्न, यहाँ अब म बस्छु ।’Laxman-Dhakal1

ढकालले पार्टीको १३ औँ महाधिवेशनमा आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने योजना बनाएकाले कोइराला बसेको महाराजगञ्जको निवासमा बसेर पार्टीको राजनीतिमा होमिने बताए । उनले भने,’मैले अब त्यहाँ बस्ने तयारी थालेको छु, केही दिनमै कुरा टुंग्याएर सर्ने मेरो योजना छ ।’

ढकालले कोइरालाको स्वकीय सचिव हुँदा नै आफूलाई केन्द्रीय सदस्यमा मनोनित गर्न दबाव दिँदै आएका थिए । तर, कोइरालाले केन्द्रीय सदस्यमा मनोनित गर्ने आश्वासन दिए पनि अन्ततः उनलाई स्वकीय सचिवबाट समेत हटाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?