Comments Add Comment

बाढी पहिरोले कोशी राजमार्ग अवरुद्द

२९ साउन, काठमाडौं । केही दिनयताको अविरल वर्षातले देशका विभिन्न भागमा क्षति पुर्‍याएको छ । बाढी पहिरोले मानवीय तथा भौतिक क्षति भइरहेको छ । लगातारको वर्षातले आएको बाढी पहिरोले कोशी राजमार्गमा क्षति पुर्याउँदा सवारी साधन ठप्प भएको छ ।

कोशी राजमार्ग अन्तरगतको लेउती खोलामा आएको बाढीले अस्थायी डाईभर्सन बगाउँदा कोशीका पहाडी जिल्लासँग सडक सम्पर्क विच्छेद भएको छ । गत वर्ष सडक बगाएपछि बनाइएको अस्थायी डाइभर्ससन पनि लेउतीमा आएको बाढीले बगाएपछि समस्या भएको हो ।

बगाएको डाईभर्सन बनाउन डोजरको प्रयोग भइरहेपनि पुनः आउने बाढीले डाईभर्सन बगाउने सम्भावना भएकाले यातायात तत्काल सञ्चालन हुने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालयका एस्पी ईश्वरीप्रसाद चापागाईँले बताए ।

त्यसैगरी महाभारत गाविसको ९ नम्बर वडामा झरेको पहिरोले कोशी राजमार्ग पुरेको छ । पहिरोले धनकुटामा टमाटर लिएर धरान हिँडेको एउटा पिकअप भ्यान समेत पुरेको हो ।

सडक अवरूद्द हुँदा कोशी अञ्चलका धनकुटा, संखुवासभा, भोजपुर र तेह्रथुमबाट तरार्इ जाने र अाउने हजाराैं यात्रु अलपत्र परेका छन् ।

त्यसैगरी भेडेटार-६ नम्बर बुधबारे सडकको दर्जनौं ठाउँमा पहिरो झरेर अवरुद्द भएको छ । सो सडक खण्डमा पनि यातायात ठप्प रहेको धनकुटाबाट सन्तोष रूचालले जनाएका छन् ।

बाजुरामा नहर बगाउँदा विद्युत्त अवरुद्द

अविरल वर्षातपछि आएको बाढीले नहर बगाउँदा गएरातिबाट बाजुरा सदरमुकाम मार्तडीमा विद्युत्त आपूर्ति ठप्प भएको छ ।

सदरमुकाम मार्तडी नजिकैबाट बग्ने बाहुली खोलाले नहर बगाउँदा २ सय किलोवाटको विद्युत्त गृह बन्द भएको हो । बाढीले विद्युत्त गृह समेत बगाउने खतरा बढेको छ । अवरुद्द विद्युत्त सुचारु हुन कम्तिमा पनि एक हप्ता लाग्ने बताइएको छ ।

बाहुली खोलाको बाढीले सदरमुकाम मार्तडीका करिब १० घर बगाउने अवस्था रहेको छ । बाढीले कटान गर्दै सदरमुकाम आइपुग्न लागेपछि केही स्थानीय सुरक्षित स्थानमा सरेका बाजुराबाट लक्ष्मीप्रसाद पाध्यायले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment