+
+

नाफासँगै उचालियो नबिल बैंकको शेयर, इन्भेष्टमेन्टकाे घट्याे

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २९ गते १६:२१

२९ साउन काठमाडौं । विहीबार वित्तीय विवरण सार्वजानिक गरेका तीन वाणिज्य बैंकमध्ये दुईको सेयरमूल्य बढेको छ भने एक बैंकको सेयरमूल्य घटेको छ ।

nepse-index-2071-4-29नविल बैंकको सेयर मुल्य ६३ रुपैयाँले बढेको छ । बैंकले २ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको थियो । त्यसैगरी लुम्बीनी बैंकको सेयर मुल्य २ रुपैयाँले बढेको छ । बैंकले २४ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यसैगरी १ अर्ब ९५ करोड रुपैयाँ नाफा कमाएको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मुल्य भने १० रुपैयाँले घटेको छ । बैंकको नाफा वृद्धिदर न्यून भएपछि सेयर मुल्य घटेको हो ।

वित्तीय विवरणको पर्खाइमा रहेका लगानीकर्ताहरुले सूचिकृत कम्पनीहरुको नाफालाई हेरेर लगानी गर्न पर्ख र हेरको अवस्थामा रहेको विश्लेषकहरुले बताउँदै आएका छन् ।
 
नेप्से ८ अंकले बढ्यो

बिहीबार नेप्से परिसूचक ८.१८ अंकले बढेर १०३४.३९ अंकमा पुगेको छ । बुधबार नेप्से १० अंकले बढेको थियो ।

बिहीबारको जलविद्युत र विकास बैंक समुहको सूचक घटेको छ । जलविद्युतको १३.०३ र विकास बैंक सूचक १.९ अंकले घटेको हो । वाणिज्य बैंक समूहको सूचक भने ९.०८ अंकले बढेको छ । यो समूहको मात्रै  २१ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ । त्यसैगरी बीमा समुहको ९१.११, होटल समूहको २१.०३, वित्त कम्पनी समुहको १.४६ र अन्य समुहको सूचक २.३५ अंकले बढेको छ ।

बिहीबार १ सय ४५ कम्पनीका ६ लाख ८९ हजार कित्ता सेयर ३९ करोड ५७ लाख रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ ।

बिहीबारको कारोबारबाट सिद्धार्थ फाइनान्स, मातृभूमि विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, सहयोगी विकास बैंक, रिलायवल डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने सिटी डेभलपमेन्ट बैंक, यति डेभलपमेन्ट बैंक कणर्ाली डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र इन्प|mास्टक्चर डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?