+
+

फेसन फेस्टिभलमा डिजाइनरका नवीनतम सिर्जना (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १२ गते १५:३६

ललितपुर । फेसन नेटवर्क नेपालले सानेपाको हेरिटेज प्लाजामा आयोजना गरिरहेको फेसन फेस्टिभलमा रनवे आयोजना गरिएको छ । प्रशान्त ताम्राकारद्वारा कोरियोग्राफी गरिएको शोमा केही साताअघि अडिसनबाट छनोट भएका मोडलले विभिन्न डिजाइनरद्वारा तयार पारिएका पहिरन प्रदर्शन गरेका थिए ।

शोमा नमूना कलेज अफ फेसन टेक्नोलोजी, आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियसहितका कलेजका फेसन डिजाइनिङका विद्यार्थीले तयार पारेका पहिरनहरु प्रदर्शन गरिएका थिए । फेस्टिभलमा शनिवार तथा भोलि आइतवार साँझ पनि फेसन शो आयोजना गरिँदै छ ।

शुक्रवारको शोमा परी कस्मेटिक्सकी दीपा गुरुङ, ज्वाला राज डिजाइन्स, सिम्रिक डिजाइन्स स्टुडियोकी प्रज्ञा चित्रकार, आइआइएफटी तथा नमूना कलेज अफ फेसन टेक्नोलोजीका डिजाइनरहरुले तयार पारेका पहिरनहरु प्रदर्शन गरिएको थियो ।

शोको पहिलो सिक्वेन्स ‘परी’मा परी कस्मेटिक्सकी दीपा गुरुङले तयार पारेका पहिरनलाई मोडेल प्रकृति, सुरूचि, आयुष्मा, यञ्जु, प्राची, सारा, सिफाली, प्राची एले प्रदर्शन गरेका थिए ।

दोस्रो सिक्वेन्स ‘ज्वाला’मा मेनाल्ड, रोनिश, तौफिक, साइरस, लोकेश, उत्सव, कृषाल, लकी तथा अंकितले विभिन्न पहिरन प्रदर्शन गरेका थिए । यो सिक्वेन्समा रनुशा, एलिशा, कविता तथा दीप्तिले पनि पहिरन गरेका थिए ।

तेस्रो सिक्वेन्समा प्रज्ञाका पहिरनलाई सितोष्मा, रिया, सुविना, क्रिस्टल, अनिशा, सम्पदा, इरिका तथा युक्ताले प्रदर्शन गरेका थिए ।

चौथो सिक्वेन्समा आइआइएफटीका डिजाइनरले तयार पारेका पहिरनलाई मोडलहरु प्रकृति, सुरुचि, आयुष्मा, यज्जु, याश्ना, प्राची, सारा, सिफाली तथा प्राची एले प्रदर्शन गरेका थिए ।

नमूना कलेजका फेसन डिजाइनरका विद्यार्थीको पहिलो समुहले तयार पारेका पहिरनहरु मेघना, दीप्ति, टीका, निरिश्मा, रुपा, रनुशा, एलिशा, कविता तथा पुरुष मोडेलहरु कृषाल, रोनिष, तौफिक, लोकेशले प्रदर्शन गरेका थिए ।

लोगोका पहिरन भने मिनाल्ड, रोनिष, तौफिक तथा लोकेशले प्रदर्शन गरेका थिए । जुजुका पहिरनहरु भने कृषाल, उत्सव, रोनिश, मेनाल्ड तथा लकीले प्रदर्शन गरेका थिए ।

फेसन शोको अन्तिम सिक्वेन्समा टरी मटियानाका पहिरन सितोष्मा, रिया, सुविना, क्रिस्टल, अनिशा, सम्पदा, इरिका तथा युक्ताले प्रदर्शन गरे ।

शनिबार बेलुका हुने फेसन शोमा एमा रेजभोल, जेबीजी बेसपोक, ईन्टा अटायर, हेमजा, लोगों फेसन तथा नमूना कलेज अफ टेक्नोलोजीका डिजाइन प्रदर्शन गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?