३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा डिआर कंगो पोर्चुगलविरुद्ध पहिलो हाफमै बराबरी गोल फर्काएको छ ।
अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको समुह के को खेलमा कंगोका योहान विसाले पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा बराबरी गोल गरे ।
५२ वर्षपछि विश्वकपमा पुनरागमन गरेको डिआर कंगोले विश्वकपमा पहिलो गोल गरेको हो । सन् १९७४ मा जायरको नामबाट विश्वकप खेल्दा समहु चरणमा तीन खेलमा पराजित भएको कंगोले कुनै गोल गर्न सकेन ।
पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ । पहिलो हाफमै कंगोले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको छ ।
त्यसअघि पोर्चुगलका जोआओ नेभेसले लागि छैटौं मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । उनले पेड्रो नेटोको क्रस हेड मार्फत गोल गरेका हुन् ।
पहिलो हाफमा पोर्चुगलको तुलानामा कंगोले नै बढि आक्रमण बनाएको थियो । कंगोले ६ सट प्रहार गर्दा पोर्चुगलले २ सट मात्र प्रहार गरेको थियो ।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो लगातार छैटौं विश्वकप खेलिरहेहका छन् । उनी अर्जेन्टिनाका कप्तान लियोनल मेसीपछि लगातार छ विश्वकप खेल्ने दोस्रो खेलाडी बने ।
प्रतिक्रिया 4