+
फिफा विश्वकप २०२६ :

डीआर कंगोसँग बराबरीमा रोकियो पोर्चुगल

२०८३ असार  ४ गते ०:४५ २०८३ असार ४ गते ०:४५

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो लगातार छैटौं विश्वकप खेल्ने लियोनल मेसीको कीर्तिमान बराबरी गरेपनि उनले गोल भने गर्न सकेनन् । 

३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा  पोर्चुगल डिआर कंगो सँग १-१ को बराबरीमा रोकिएको छ ।

अमेरिकाको ह्युस्टन स्टेडियममा भएकव समुह के को खेलमा पोर्चुगलले सुरुवातमै अग्रता लिएपनि जोगाउन नसक्दा कंगोसँग अंक बाँड्न बाध्य भयो ।

पोर्चुगलका जोआओ नेभेसले लागि छैटौं मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । उनले पेड्रो नेटोको क्रस हेड मार्फत गोल गरेका हुन् ।

तर ५२ वर्षपछि विश्वकपमा पुनरागमन गरेको डिआर कंगोलेपहिलो हाफमै बराबरी गोल फर्कायो । कंगोका योहान विसाले पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा बराबरी गोल गरेका थिए ।

फिफा विश्वकप इतिहासमा कंगोको यो पहिलो गोल र पहिलो अंक समेत हो । यसअघि सन् १९७४ मा जायरको नामबाट विश्वकप खेल्दा समूह चरणमा तीन खेलमा पराजित भएको कंगोले कुनै गोल गर्न सकेको थिएन ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो लगातार छैटौं विश्वकप खेल्ने लियोनल मेसीको कीर्तिमान बराबरी गरेपनि उनले गोल भने गर्न सकेनन् ।

 

 

 

 

 

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय