+
+
Shares

अनुदान कटौती गर्ने एडीबीको निर्णय ठीक होइनः अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २९ गते १७:३३

Mahat

२९ साउन काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले समयमा ऋणको सावाँ तथा ब्याज भुक्तानी गरिरहेको नेपाललाई अनुदान कटौती गर्ने एसियाली विकास बैंक (एडीबी)को निर्णय ठीक नभएको बताएका छन् ।

बिहीबार एडीबीका उपाध्यक्ष वेनकाई चाङसँग अर्थमन्त्रालयमा भएको भेटमा महतले यस्तो बताएका हुन् । उनले अनुदानलाई निरन्तरता दिन उपाध्यक्ष चाङसँग आग्रहसमेत गरे ।

बैंकको लगानीमा सञ्चालित आयोजनाहरुको प्रगतिलाई नजिकबाट अवलोकन गर्न र नेपाललाई दिँदै आएको समग्र सहयोगको मूल्यांकन गर्न बैंकका उपाध्यक्ष चाङ अहिले नेपाल भ्रमणमा छन् ।

‘राम्रो काम गरेकोमा बैंकले प्रोत्साहन गर्नुपर्नेमा अनुदान कटौती गरेर हामीलाई हतोत्साहित गरेको महसूस भएको छ । नेपाल अल्पविकसित मुलुक भएको र हिंसात्मक द्वन्द्वबाट भरखरै मात्र पार पाउँदै गरेकोले यस्तो अवस्थामा बैंकले नेपाललाई दिने गरेको अनुदान कटौती गर्नु हुँदैन । नेपालको संवेदनशीलता बुझिदिनुपर्छ’ अर्थमन्त्री महतले भने ।

महतले गरिवीबाट जनतालाई माथि उकास्न, ग्रामीण क्षेत्रमा पूर्वाधारका परियोजनाहरु लैजान, गाउँ गाउँमा सडक, खानेपानी, बिद्युत पुर्‍याउन, वातावरण संरक्षणको क्षेत्रमा काम गर्न बैंकले अझै पनि नेपाललाई अनुदान सहयोग गर्न आवश्यक भएको बताए । उनले बैंकका अध्यक्षसँग भएको कुराकानीका क्रममा पनि आफूले अनुदान कटौती नहुने आश्वासन पाएको स्मरणसमेत गराए ।

उनले अन्य समष्टिगत परिसूचकहरु नियन्त्रणमै भएपनि नेपालको व्यापारघाटा चुनौतीपूर्ण अवस्थामा रहेकोले नेपालले स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आकषिर्त गर्न कानूनी सुधारसहित दोस्रो चरणको आर्थिक सुधार कार्यक्रमको घोषणा गरिसकेको जानकारी पनि दिए । नेपालमा काम गर्न सक्ने युवा जनशक्ति प्रशस्त भएकोले तिनीहरुलाई आवश्यक सीप तथा तालिम दिनका लागि बैंकले सहयोग गर्नुपर्नेमा पनि जोड दिए ।

उपाध्यक्ष चाङले नेपालको पूर्वाधारको विकासका लागि बैंकले सहयोग गर्ने जानकारी दिए । एडीबीले नेपालको उर्जा, सडक, शिक्षा, कृषि, खानेपानी, पर्यटन लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । हालैमात्र नेपाललाई सहयोग गर्न पाँच बर्षे सहायता रणनीति पारित गरी कार्यान्वयनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?